पर्वतमा पहिरोले घर पुर्‍यो, एक जना बेपत्ता

 भदौ ५, २०७६ बिहिबार ९:३५:२३ | सन्तोष थापा
unn.prixa.net

पर्वत – कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । बुधबार राति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसे बेपत्ता हुनुभएको हो । 

जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीसहित स्थानीयबासीन्दाले बेपत्ता चालिसेको खोजी कार्य गरिरहेका छन् । पर्वतका प्रतिनिधिसभा सदस्य पदम गिरी पनि घटनास्थलमा पुग्नुभएको छ । 

श्रीमान श्रीमती मात्रै बस्दै आएका उक्त घरमा बुधबार नै रेमबहादुर चालिसेकी श्रीमती छोरी भेट्न घर बाहिर जानुभएको थियो । उहाँ सम्पर्कमा आउनुभएको जनाइएको छ ।

पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको छ । चालिसेको खोजीका लागि शसस्त्र प्रहरी बलका सुरक्षाकर्मीसमेत त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया