पहिराेले खाेला थुनिएपछि रुबिभ्यालीकाे नेवेर गाउँका बासिन्दा समस्यामा

 भदौ ८, २०७६ आइतबार १३:४६:५ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - केही दिनदेखिको लगातारको वर्षाले गणेश हिमाल नजिकैकाे खोला पहिरोले थुनिएपछि उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका-५ नेवेर गाउँसँग अन्य गाउँको सम्पर्क विच्छेद भएको छ । 

अविरल वर्षाका कारण पहिरो आएर खोला थुनिएपछि स्थानीयहरु गाउँपालिका र वडा कार्यालयसमेत आउन जान नसक्ने भएको र विकट गाउँमा मानिस हिँड्ने बाटो अवरुद्ध भएकाले नेवेर गाउँ समस्यामा परेको रुबीभ्याली गाउँपालिका-५ का वडाध्यक्ष धिरज तामाङले बताउनुभयो

६५ घरधुरी रहेको गणेश हिमालको फेदीको तामाङ समुदायको बस्तीबाट अरु गाउँ जाने तातोपानी नजिकै पहिरो आएर खोला थुनिएपछि गाउँबाट गाउँपालिका जान लागेका व्यक्तिहरु पहिरो पार गर्न नसकेर घर फर्किएको नेवेरका स्थानीय टिसमान तामाङले बताउनुभयो ।

एउटै मात्र बाटाे भएकाे र त्याे पनि थुनिएपछि गाउँमा खाद्य सामग्री ल्याउन तथा बिरामीलाई उपचारका लागि लैजान समस्या भएकाे छ ।

अन्तिम अपडेट: चैत १९, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया