यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्याल बाराका लेखापाललाई घुस रकमसहित पक्राउ गरेको छ ।
आयोगको हेटौंडा कार्यालयबाट खटेको टोलीले जिल्ला प्रशासन कार्यालयका लेखापाल जयदेव सिंह थारुलाई पक्राउ गरेको हो । थारुलाई कलैया भरत चोकको भान्सा घर होटलबाट २५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
फेंटा गाउँपालिकामा कार्यरत रहेको बेला योजनाको रकम भुक्तानी दिएका लेखापाल थारुले कमिसनबापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ । लेखापाल थारु गएको भाद्र ३ गते फेंटा गाउँपालिकाबाट रवाना लिएर जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका थिए ।
पटक पटक फोनमार्फत सेवाग्राहीलाई घुस रकमको लागि लेखापाल थारुले दबाव दिइरहेका थिए । पक्राउ परेका थारुलाई थप कारबाहीको लागि काठमाण्डौ पठाइने आयोगले जनाएको छ ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।