साहित्यकार ओझालाई  ऐतराज केरुङ स्मृति पुरस्कार

 भदौ १३, २०७६ शुक्रबार २०:३६:८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरका अग्रज साहित्यकार प्रेम ओझा ऐतराज केरुङ स्मृति गजल पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

मोति जयन्तिको दिन गजल मञ्च पाँचथरले हरेक वर्ष वितरण गर्दै आएको उक्त पुरस्कार शुक्रबार फिदिममा आयोजित एक समारोहका बीच ओझालाई प्रदान गरिएको हो ।

स्वर्गिय केरुङको स्मृतिमा उहाँकाे परिवारले प्रदान गर्दै आएको ५ हजार ५ सय रुपैँया र सम्मान पत्रसहितकाे पुरस्कार ओझालाई प्रदान गरिएको हो ।

त्यसै समारोहमा दुई वटा कृति पनि विमोचन गरिएको छ । साहित्यकार धनपति ढुँगेलद्धारा लिखित कमलको युद्ध गजल संग्रह र शान्ता गौतमद्धारा लिखित  पानी र जमिन बाल कथा संग्रहको विमोचन गरिएको हो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया