नाडा अटो शो : कुन कारकाे मूल्य कति ?

 भदौ १४, २०७६ शनिबार २०:१५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘नाडा अटो शो’ मा यस पटक २५ वटा विभिन्न प्रख्यात चार पाङ्ग्रे सवारी कम्पनीले सहभागिता जनाएका छन् । 

कुनै कम्पनीले आफ्नो नयाँ कार पहिलो पटक नाडामै सार्वजनिक गरेका छने भने कुनै कम्पनीले पुरानै गाडीहरु नयाँ ढङ्गबाट सार्वजनिक गरेका छन् । निजी सवारीमा ग्राहकलाई आर्कषित गर्नको लागि हरेक कम्पनीले आफ्नै किसिमको अफर र छुटको व्यवस्था गरेका छन् । 

नाडा अटो शोमा उपस्थिति जनाएका कार कम्पनीहरु–

टाटा

भारतीय अटो मोबाइल्स् कम्पनी टाटा मोर्टसले यो वर्ष पनि नाडा अटो सोमा निकै बलियो उपस्थिति जनाएको छ । नाडाकै अवसरमा टाटाले आफ्नो नयाँ कार टाटा एच फाइभ लन्च पनि गरेको छ । टाटा एच फाइभ, टाटा नेक्सन, टियागो, बोल्ट, स्ट्रोम, हेक्जा जस्ता टाटाको उत्कृष्ट गाडीहरु नाडामा देख्न सकिन्छ । टाटाको ५ वटा गाडीमा कुनैमा मोबाइल फोन, इक्लेट्रिक सामान, कुनैमा युरोप लगायतका देशमा विदेश भ्रमण, नगद छुट जस्ता अफरहरु टाटाले दिएको छ ।  

फोल्क्स्वागन 

नाडा अटो शोमा आफ्नो ५ ओटा मोडलको कार लिएर फोल्क्सवागन उत्रिएको छ । पोलो, एमारक २.०, जेट्टा १.६, भेन्टो, टिग्वान जस्ता मोडल ग्राहकले देख्न सक्ने छन् । नाडा अटो शोको लागि फोल्क्सवागनले १० लाखसम्मको नगद छुट, निःशुल्क सडक कर, निःशुल्क साम्रगी, २ वर्षसम्मको सडक सहायता सुविधा र १० वर्षसम्मको निःशुल्क सर्भिसिङ जस्ता अफर र छुट दिएको छ ।   

बीवाइडी 

विद्युतीय गाडी उत्पादन गर्ने चिनियाँ कम्पनी बीवाईडीले पनि आफ्नो ३ ओटा मोडलको विद्युतीय गाडीहरु प्रर्दशनीमा राखेको छ । बीवाईडी ई ६, बीवाईडी एम ३ (७ सिटे), बीवाईडी एम ३ (५ सिटे) जस्ता मोडलका गाडीहरु बीवाईडीले नगद छुटसहित १ वर्षसम्म निःशुल्क बीवाईडी चार्जिङ स्टेसनमा चार्ज गर्ने सुविधा, १ वर्षको बीमा, एउटा होम चार्जर, १ वर्ष निःशुल्क सर्भिसिङ  र अन्य एक्सचेज अफरसहित नाडामा सहभागिता जनाएको छ । 

फोटोन  

फोटोनले यो वर्षको नाडा अटो शोमा टन्लेन र टन्लेन एस प्रर्दशनीमा राखेको छ । ७ लाख रुपैयाँ डाउन पेमेन्ट तिरेर कार लैजान सक्नेगरी व्यवस्था गरेको फोटोनको कारको बाँकी रकम भने ३ महिनापछि तिर्नुपर्ने हुन्छ । यसका साथै एक्सचेन्ज अफरमा पुरानो गाडीको बजार मूल्याङकनभन्दा २ लाख बढी दिनुका साथै अतिरिक्त बीमा र निःशुल्क सामग्रीजस्ता व्यवस्था फोटोनले गरेको छ ।   

माज्दा

माज्दालो यस पटक आफ्नो ३ मोडलको कारलाई विशेषरुपमा प्रस्तुत गरेको छ । पद्मश्री प्रालिबाट वितरण हुने माज्दाले २ लाखदेखि १० लाखसम्मको छुटको व्यवस्था गरेको छ ।

किया

कियाले नाडा अटो शोमा विद्युतीयदेखि पेट्रोल र डिजेल इञ्जिनका गाडीहरु प्रर्दशनीमा राखेको छ । नगद छुटसहित बीमाको सुविधाजस्ता अफरहरु पनि दिएको छ । 

डीएफएसके

चिनियाँ कम्पनी डीएफएसकेले यस पटकको नाडा अटो शोका लागि भनेर आफ्नो ग्लोरी ५८० को म्यानुयल र अटोमेटिक गाडी प्रर्दशनीमा राखेको छ । नाडामा डीएफएसकेको गाडी किन्ने ग्राहकले म्यानुयल गाडीमा २ लाख र अटोमेटिक गाडीमा ३ लाखको छुट पाउने छन् । साथै पूर्ण सवारी बीमा, १ वर्षको सडक कर, ७ वर्ष वा १,५०,००० किमी सम्मको वारण्टी, २ वर्षको निःशुल्क सर्भिसिङजस्ता विशेष नाडा अफर पनि पाउने छन् ।

पुजो 

फ्रान्सेली कम्पनी पुजोले नाडा अटो शोमा न्यू पुजो २००८ एसयूभी, ५००८ एसयूभी, ३००८ एसयूभी, पार्टनर टिपी प्रदर्शनीमा राखेको छ । इलेक्ट्रिक र पेट्रोल इञ्जिन सार्वजनिक गरेको पुजोले ६ लाखदेखि १० लाखसम्मको छुट दिएको छ । 

स्याङयोङ

कोरियन कम्पनी स्याङयोङका गाडीहरु आजकल काठमाण्डौको सडकमा गुडेको देख्न सकिन्छ । यही कुरालाई मध्यनजर गरेर स्याङयोङले नयाँ गाडी मुस्सो ग्राण्डसहित नाडा अटो शोमा आफ्नो उपस्थिति जनाएको छ । हरेक खरिदमा सामसुङ नोट १०, १ वर्षको बीमा, १ वर्षको सडक कर, ३ वर्ष वा ६० हजार किमीसम्मको वारेण्टी, ५ वर्षसम्म निःशुल्क सर्भिसिङको अफर स्याङयोङले दिएको छ । 

टोयोटा

जापानी कम्पनी टोयोटाले पनि आफ्नो केही उत्कुष्ट मोडलका कारसहित नाडामा सहभागिता जनाएको छ ।  र्‍याभ ४.०, अल न्यू रस, अल न्यू काम्री हाइब्रिड जस्ता मोडलका टोयोटा गाडीहरु नाडा अटो सोमा देख्न सकिन्छ ।

फोर्ड 

फाेर्डले पनि आफ्नो विभिन्न आर्कषक गाडीहरुसहित नाडा अटो शोमा सहभागिता जनाएको छ । र्फोडले ग्राहकका लागि दिएको आकर्षक अफरमा स्क्र्याच कुपन छ, जसमा हरेक ग्राहकले ३ पल्टसम्म स्क्र्याच गर्न पाउनेछन् र हरेक स्क्र्याचमा १ लाखदेखि ३ लाखसम्म जित्न सक्नेछन् । यसका साथै सवारीको पूर्ण बीमा, अन्य नगद छुट, १ वर्षको सडक करका साथै पहिले पनि र्फोडको गाडी चढ्नेका लागि लोयल्टी छुटको पनि व्यवस्था गरिएको छ । 

एमजी 

बेलायती कम्पनीले आफ्नो विद्युतीय कारसहित नाडा अटो शोमा उपस्थिति जनाएको छ । विद्युतीय कारमा कुनै छुट नदिएको एमजीले केही कारमा भने २ देखि ३ लाखसम्मको छुट दिएको छ । 

इसुजु

जापानी कम्पनी इसुजुको ४ पाङ्ग्रे ४ ओटा मोडल सवारी नाडा अटो शोमा देख्न सकिन्छ । सबै मोडलमा १ लाखको नगद छुट व्यवस्था गरेको इसुजुले डी म्याक्स भी–क्रस, डी म्याक्स एस–क्याब, डी म्याक्स सिग्गल क्याब र एमयू –एक्स प्रर्दशनीमा राखेको छ ।                        

डेही

विद्युतीय र हाइब्रिड गाडीहरुले नाडा अटो शोमा राम्रो उपस्थिति जनाइरहेको छ र देही ब्राण्डको थि गो ले पनि आफ्नो २ ओटा विद्युतीय गाडीलाई प्रर्दशनीमा राखेको छ । वातावरणीय र खर्चको हिसाबले निकै मितव्ययी मानिएको विद्युतीय गाडीमा छनोटका लागि थि गो ले ई ८ र ईएम ३ प्रर्दशनीमा राखेको छ । 

हुन्डाई

आफ्नो  ६ ओटा ब्राण्डका साथमा नाडा अटो शोमा हुन्डाई पनि उत्रिएको छ । भेन्यु, टक्सन, क्रेटा, सान्ट्रो, ग्राण्ड आई १० र विद्युतीय कार कोना लाई नाडा अटो शोमा देख्न सकिन्छ । हुन्डाईले नाडामा आएर खरिद ग्राहकका लागि सान्ट्रोमा १० हजार र बाँकी सबै कारमा १५ हजारको छुट दिने भएको छ । 

जीप

अमेरिकन कम्पनी जीपले आफ्नो २ ओटा मोडल जीप कम्पास र ट्रेल हकको साथ नाडामा सहभागिता जनाएको छ । जीपले आफ्नो कुनै पनि गाडीमा कुनै पनि किसिमको छुट र अफर दिएको छैन ।

निसान

नाडा अटो शोमा आफ्नो विभिन्न मोडलको कारसहित विशेष छुटको साथ निसान पनि उत्रिएको छ । एनपी ३०० नाभारा, निसान एक्स–ट्रेल, किक्स, माइक्राजस्ता मोडलका गाडीहरु नाडामा देख्न सकिनेछ । ५ भाग्यशाली ग्राहकलाई १० ग्राम सुनदेखि १० जना जोडीलाई मलेसिया भ्रमणसहित विभिन्न आर्कषक नगद छुटको व्यवस्था निसानले गरेको छ ।

निसान आफ्नो कार रजिस्टर गर्ने ग्राहकका लागि मोडल अनुसार रजिस्टर छुट, बीमा, चाडपर्व, सामग्री, लोयल्टी बोनसजस्ता छुट गरेर ग्राहकले ३ लाख २५ हजार ७३२ देखि ९ लाख ७७ हजार ९७६ सम्मको नगद छुट पाउने छन् । 

होन्डा

चार पाङग्रे सवारी प्रर्दशनीमा होन्डा ज्याज, डब्ल्यूआरभी, एचआरभी अमेजका साथ नाडामा सहभागिता जनाएकाे छ । होन्डाले ग्राहकहरुका लागि एक्सचेजमा बजार मूल्याङ्कनभन्दा ५० हजार बढी मूल्याङ्कन, बीमा , निःशुल्क सामाग्रीको व्यवस्था गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया