बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
बर्दिया– बाटो बिराएर गाउँमा पसेको बर्दिया राष्ट्रिय निकुञ्जको गैँडाको आक्रमणबाट बारबर्दिया नगरपालिकामा तीन जना घाइते भएका छन् ।
बारबर्दिया नगरपालिकाको नवनिर्मित कुसुम्बाघाट झोलुङे पुल हेर्न गएका स्थानीयवासीलाई कुसुम्बाघाटको झोलुङे पुलनजिक रानीपुरमा गैँडाले आक्रमण गर्दा तीन जना घाइते भएका हुन् ।
गैँडाको आक्रमणबाट बारबर्दिया नगरपालिका–४ का ६५ वर्षीय जङ्गली थारु, ३९ वर्षीय रामप्रसाद थारु र १० वर्षीया शिखा थारु घाइते भएको ४ नम्बर वडाका वडाध्यक्ष मानबहादुर थारुले बताउनु भयो ।
शनिबार बिहान बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाको खैरापुर गाउँको मकै बारीमा गैँडा निस्किएको थियो । स्थानीयवासीले गाउँमा गैँडा देखेपछि प्रशासनमा खबर गरेका थिए ।
जिल्ला वन र बर्दिया निकुञ्जको टोलीले गैँडा धपाउने प्रयास गरिहेका बेला भाग्दै गरेको गैँडाले कुसुम्बाघाटको झोलुङे पुलनजिक तीन जनालाई घाइते बनाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनु भयो ।
गैँडाले आक्रमणबाट घाइते भएकामध्ये दुई जनाको नेपालगञ्ज भेरी अस्पतालमा उपचार भैरहेको छ, जसमा एक जनाको अवस्था गम्भीर छ । त्यस्तै घाइते एक जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।
निकुञ्जबाट गाउँमा पसेको गैँडालाई राख्ने खोर चितवनबाट मगाइएको र खोर आएपछि विषादीयुक्त सुइका माध्यमबाट गैँडालाई नियन्त्रणमा लिएर बर्दिया निकुञ्जभित्र पठाउने तयारी भैरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिनुभयो ।
जेठको अन्तिम सातादेखि बर्दिया निकुञ्जबाट बाहिर निस्किएर बाटो बिराएर गाउँमा पसेको गैँडा अझै निकुञ्जभित्र प्रवेश गर्न सकेको छैन ।
हरेक वर्ष निकुञ्जबाट बाहिर निस्किएर जंगली हात्तीले दुःख दिइरहेका बेला यस पटक भने पाटे बाघ र गैँडा निकुञ्जबाट बाहिर निस्किएपछि स्थानीयवासी त्रासमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।