उपचुनावका लागि दल दर्ता आह्वान

यसअघिको चुनावमा सहभागी दलले दर्ता गर्नु नपर्ने

 भदौ १६, २०७६ सोमबार १०:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्वाचन आयोगले उपचुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आउँदो मंसिर १४ गते हुने पालिका, प्रदेश र प्रतिनिधिसभाको उपचुनावका लागि भदौभरमा दल दर्ता गर्न आह्वान गरेको हो ।

२०७४ सालमा चुनावमा सहभागी हुन दर्ता भएका दलले भने पुनः दर्ता गर्नुनपर्ने आयोगले जनाएको छ । अरु इच्छुक दलले दलको विधान, घोषणापत्र, चुनाव चिन्हको नमुना, दल दर्ताका लागि केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदनसहित तोकिएको समयभित्र दल दर्ता गर्न आयोगले भनेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको पार्टी उपचुनावका लागि आयोगमा दर्ता हुनुपर्नेछ । विभिन्न कारणले खाली भएका प्रतिनिधिसभाको एक, प्रदेशसभा साँसदका तीन, उपमहानगरपालिकाको मेयरको एक र गाउँपालिका अध्यक्ष तीन उपाध्यक्ष एक र पालिकाहरुका वडाध्यक्ष ४१ जनाका लागि चुनाव हुँदैछ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया