पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – डेंगीको प्रकोप बढेसँगै निजी अस्पतालमा पनि डेंगी रोगका बिरामीको चाप बढेको छ ।
सरकारी अस्पताल बाहेक उपत्यकाका अल्का अस्पताल, नर्भिक अस्पताल, ग्राण्डी अस्पताल, ग्रीन सिटी, पिपल्स, कान्तिपुर लगायतका अस्पतालहरुमा डेंगी रोगका बिरामीको चाप बढेको हो ।
विगतका तुलनामा अहिले ६० प्रतिशतका दरले बिरामी बढेको प्राइभेट हस्पिटल एसोसियशन अफ् नेपाल (अफिन) का वरिष्ठ उपाध्यक्ष तथा अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिनुभएको छ । ४० जना डेंगीका बिरामी अल्का अस्पतालमा भर्ना भएको जानकारी दिँदै उहाँले भर्ना नहुने बिरामी ओपीडीबाटै फर्कने गरेको बताउनुभयो ।
यस्तै ग्रीनसिटी अस्पतालमा अहिले पनि पाँच जना गम्भीर प्रकृतिका डेंगी रोगका बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पतालका अध्यक्ष एलबी टण्डनले बताउनुभयो । आफू चक्रपथ एरियाको सरसफाइ संयोजक रहेकोले सरसफाइका क्रममा आफूलाई पनि डेंगी लागेको र दुई हप्तापछि मात्रै ठिक भएको जानकारी दिनुभयो । टण्डनले ३० जना बिरामीको उपचारपछि डिस्चार्ज गरिएको बताउनुभयो ।
टोखामा रहेको ग्राण्डी अस्पतालमा ३० जना बिरामी भर्ना गरेर उपचार भैरहेको निर्देशक डा. चक्रराजा पाण्डेले बताउनुभयो । ठिक भएर डिस्चार्ज हुने र थपिनेक्रम जारी रहेको भन्दै उहाँले डेंगी पोजेटिभ भएका बिरामीहरुलाई भने अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरेको बताउनुभयो ।
वीर अस्पतालमा ४५ जना
वीर अस्पतालमा गएको आइतबार र सोमबार डेंगी परीक्षण गरिएकोमा ४५ जनामा डेंगी पोजेटिभ देखिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले ९८ जनाको डेंगी परीक्षण गरिएकोमा ५५ जनामा पोजेटिभ देखिएको बताउनुभयो ।
उहाँले तीमध्ये केहीलाई अस्पतालमै भर्ना गरेर उपचार सुरु गरिएको जानकारी दिनुभयो । अस्पतालले डेंगीका बिरामी सरुवा रोग अस्पतालमा रेफर गर्ने गरेकोमा बिरामीको चाप बढेपछि वीरमै डेंगी किटको व्यवस्थासहित उपचार गर्न सुरु गरेको हो ।
साउनदेखि हालसम्म ५ हजार ९५ जनामा डेंगी
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनदेखि भदौ २३ सम्म पाँच हजार ९५ जनामा डेंगी संक्रमित भएको तथ्याङ्क रहेको छ ।
महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम प्याकुरेलले गएको वैशाखदेखि असारसम्म तीन हजार ४ सय २५ र साउनदेखि हालसम्म पाँच हजार ९५ जनामा डेंगी भएको बताउनुभयो । उहाँले तीमध्ये काठमाण्डौ, डोटी, रुपन्देही, चितवनमा पाँच जनाको ज्यान गैसकेकाे जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।