घरकाे भित्ताभरि माैरीकाे घार
मंसिर २४, २०८० आइतबार
अभिनेता मनोज बाजपेयी हिन्दी चलचित्र जगतका हिन्दी भाषामा राम्रो पकड भएका अभिनेताहरुमा पर्दछन् ।
मनोज बाजपेयीले ‘सत्या’, ‘शूल’, ‘अलीगढ’ र ‘ग्यांग्स अफ् वासेपुर’ जस्ता चलचित्रको माध्यमबाट अभिनयको दुनियाँमा आफ्नो कला देखाएका छन् । उनी हिन्दीलाई आफ्नो ताकत मान्छन् ।
मनोज बाजपेयीले बीबीसीसँग कुरा गर्दै हिन्दी भाषा र चलचित्र उद्योगलाई लिएर भने, ‘यदि म हिन्दी चलचित्र उद्योगमा काम गरिरहेको छु र यदि मलाई हिन्दी आउँछ भने त्यो मेरो कमजोरी होइन । यो मेरो ताकत हो । जसलाई हिन्दी आउँदैन, उसले आफ्नो बारेमा सोचे हुन्छ ।’
मेहनत गरेर हिन्दी सिकेँ
हिन्दी चलचित्रमा काम गरिरहेका धेरै अभिनेताहरुलाई हिन्दी भाषा नआउने मानिन्छ । यही कारणले चलचित्रको पटकथा रोमनमा लेखेर दिइन्छ तर मनोज बाजपेयी चलचित्रको पटकथा देवनागरी भाषामा नै लिन्छन् ।
मनोज भन्छन्, ‘मलाई रोमनमा पटकथा दिने कसैको पनि हिम्मत छैन । यस्तो भयो भने म पटकथा नै फ्याँकिदिन्छु ।’ मनोज हिन्दी आफ्नो मातृभाषा नभएको र हिन्दीमा निपुणता हासिल गर्न निकै मेहनत गरेको बताउँछन् ।
‘मेरो मातृभाषा भोजपुरी हो । मैले हिन्दी सिकेको हूँ । कैँयौ हिन्दी विद्वानहरुले पढाएका छन् । म रंगमञ्च गर्दथे र जसका लागि हिन्दी तथा उर्दूमा राम्रो पकड हुन जरुरी हुन्थ्यो’, उनी भन्छन् ।
छोरीलाई हिन्दी आउँदैन
यद्यपि मनोजलाई आफ्नी ९ वर्षीया छोरीलाई हिन्दी सिकाउन भने निकै समस्या भैरहेको छ । उनी आफ्नो छोरीलाई हिन्दी नआउने बताउँछन् ।
मनोज भन्छन्, ‘मुम्बई जस्तो शहरमा छोरीलाई हिन्दी सिकाउनु एउटा चुनौती हो । मेरो छोरी हिन्दी बोल्न सक्दिन । उसका स्कुलका अध्यापक, छात्र, उसका साथी र घर नजिकका साथी र उनका आमाबावु सबै अंग्रेजीमा कुरा गर्छन् । केवल ममात्र उनीहरुसँग हिन्दीमा कुरा गर्छु, जसलाई छोरी पिछडिएको सम्झिन्छिन् । तर म उसँग अंग्रेजीमा कुरा गर्दिन किनकि कोही त चाहियो, जो उसँग हिन्दीमा कुरा गर्न ।’
मनोज बाजपेयीको चलचित्र क्षेत्रमा झण्डै २५ वर्ष भयो । अभिनयको दुनियाँमा उनले अलग्गै पहिचान बनाएका छन् ।
आफ्नो फिल्मी यात्रालाई लिएर मनोज भन्छन् ‘जिद्दी र एकोहोरोपनाले उनलाई हिन्दी चलचित्र उद्योग जस्तो मुस्किल स्थानमा टिकाएर राख्यो’ र यो स्थानमा पुर्यायो ।
मनोज बाजपेयी एकातिर सडक गल्ली, रुख र हराइरहेको जस्ता वस्तुगत चलचित्रका पात्र बनेका छन् भने अर्काेतिर ‘सत्यमेव जयते’, ‘बागी २ ’ जस्ता व्यावसायिक चलचित्रमा पनि काम गरेका छन् ।
मनोज बाजपेयी भन्छन्, ‘बागी २ र ‘सत्यमेव जायते जस्ता चलचित्रमा पनि काम गर्नु जरुरी हुन्छ किनकि यस्ता चलचित्रले व्यवसायिक विश्वसनियता प्रदान गर्दछ र जसको माध्यमबाट दोस्रो चलचित्रको पनि हिस्सा बन्न सकिन्छ ।’
कैँयौ अभिनेता आफ्नो फिल्मी यात्रालाई किताबमा परिणत गरिरहेका छन् तर मनोज भने आफ्नो फिल्मी यात्रालाई महान नभइ सत्यता देखाउने हिम्मत आएपछि मात्र जीवनी लेख्न चाहन्छन् ।
मनोज चाँडै नै अमेजन प्राइमको सिरिज ‘द फ्यामिली म्यान’ मा देखिँदै छन् । राज र डीके निर्देशित सिरिजमा प्रियामणि, शारिब हाशमी र गुल पनागले मुख्य भूमिका निर्वाह गरेका छन् ।