यूएईबाट रेमिटमार्फत पैसा पठाउने दुई जनाले जिते साप्ताहिक १-१ लाख रुपैयाँ

 भदौ ३१, २०७६ मंगलबार १७:१६:१० | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई - यूएईबाट वैधानिक रुपमा नेपाल पैसा पठाउँदा दुई नेपालीले एक-एक लाख रुपैयाँ पु्रस्कार जितेका छन् ।

उनीहरुले यूएई एक्सचेन्जबाट हिमाल रेमिटमार्फत नेपाल पैसा पठाउँदा उपहार जितेका हुन् । दशैँ, तिहारलाई लक्षित गरी यूएई एक्सचेञ्जले हिमाल रेमिटबाट नेपालमा पैसा पठाउने ग्राहकका लागि सुरु गरेको योजना अन्तर्गत पहिलो साता मकवानपुर फापरबारीकी उर्मिला मोक्तानले एक लाख रुपैयाँ पाउनुभएको हो ।

३ वर्ष पहिले एमएबी फ्यासीलिटी म्यानेजमेन्ट कम्पनीमार्फत सरसफाइको कामका लागि यूएई आउनुभएकी मोक्तानले आफ्नी दिदीको नाममा पैसा पठाउँदा पुरस्कार पाएकाे बताउनु भयो ।

नेपाली समुदायलाई मात्रै लक्षित गरेर चलिरहेको योजना अन्तर्गत दोस्रो साता काभ्रेपलान्चोक बनेपाका सुमन मगरले १ लाख रुपैया पाउनु भएको छ । १५ महिनादेखि नेस्टो सुपरमार्केट अजमानमा काम गर्दै आउनु भएका सुमनले आफूले पाएको १ लाख रुपैयाँ आफ्नै नाममा हिमालयन बैंकमा  खाता खोलेर जम्मा गरेको बताउनुभयो ।

गएको अगष्ट २५ देखि सुरु भएको ‘दशैँ आयो, रेमिट गरौँ, हिमालयबाट १० लाख जितौँ’ योजना अन्तर्गत हिमाल रेमिटबाट नेपालस्थित हिमालय बैंकमा पैसा पठाउने ग्राहकले १० लाख रुपैयाँसम्म नगद पुरस्कार पाउने यूएई एक्सचेन्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाईले उज्यालोलाई बताउनु भयो ।

यो योजना आगामी अक्टोबर ५ तारिखसम्म चल्ने र यस अवधिमा यूएईमा रहेका एक्सचेञ्जहरुबाट पैसा पठाउनेमध्ये ६ जना नेपालीले पुरस्कार पाउने जनाइएकाे छ ।

पाँच हप्तासम्म चल्ने साप्ताहिक ड्रमा हरेक साता एक जनाले १ लाख र मेगा ड्र मा ५ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । 

यहाँ कार्यरत नेपालीहरुलाई वैधानिक तवरले स्वदेशमा पैसा पठाउन प्रेरित गर्ने उद्देश्यले अघिल्लाे वर्षकै योजनालाई निरन्तरता दिएको हिमाल रेमिटका कमल पराजुलीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Chandra Bahadur kc

    Sept. 18, 2019, 2:01 a.m.

    I am also sending money from UAE exchange / himal remittance last 10 years to still hope to this time for this opportunity.

  •  0 Reply

तपाईको प्रतिक्रिया