उत्कृष्ट टाटा मोटर्स स्पेयर पार्टसको डिलरलाई टाटा एच फाइभ

 असोज १, २०७६ बुधबार ७:२८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टाटा मोटर्सले रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । देशभर रहेका तीन सय च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरहरुमध्ये बनेपाको माँ चण्डेश्वरी अटो स्पेयस् उत्कृष्ट च्याम्पियन जोनको रुपमा सम्मानित भएको छ । साथै, सम्मान स्वरुप टाटा एच फाइभ प्रदान गरिएको छ । 

टाटा मोटर्सका आई बी हेड (पार्टस्) राकेश मित्तल र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्त रुपमा सम्मान हस्तान्तरण गर्दै टाटा मोटर्स र सिप्रदीका आधिकारिक प्रतिनिधिका रुपमा स्पेयर पार्टस्लाई सहज रुपमा बनेपा क्षेत्रमा उपलब्ध गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

टाटालाई टाटा जेन्युइन पार्टस् नै सही भन्दै ग्राहकलाई सहजै स्पेयर पार्टस् उपलब्ध होस् भन्ने उद्देश्यले स्थानीय व्यवसायीसँग सहकार्य गदै देशभरी टाटा जेन्युईन पार्टस्लाई उपलब्ध गराउन सहयोग गर्ने च्यानल पार्टनरहरुलाई प्रोत्साहान तथा सम्मानका अरु कार्यक्रम पनि ल्याइने सिप्रदी अटो पार्टसका महाप्रवन्धक युवराज बुढाथोकीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया