नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - साफ यू–१८ फुटबल च्याम्पियनशिपकाे उद्घाटन खेलमा नेपालले माल्दिभ्सँग एक एक-गोलको बराबरी खेलेको छ ।
हलचोकमा रहेकाे सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा नेपालले माल्दिभ्सको एक गोलको अग्रतालाई मनिष डाँगीको गोलमार्फत बराबरीमा ल्याउन सफल भयो ।
खेलको १३ औंँ मिनेटमा नेपाली डिफेन्डरले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई माल्दिभ्सले सहज रुपमा गोल गरेकाे थियाे । उसका लागि हसम अजीमले गोल गर्न सफल भएका थिए । एक गोलले पछि परेको नेपालले १६ औंँ मिनेटमा उत्कृष्ट प्रहार गरेको थियो । नेपालका कप्तान जया गुरुङको प्रहारलाई माल्दिभ्सका गोकिपरले बचाए ।
२० औंँ मिनेटमा नेपालले अर्को अवसर सिर्जना गरेको थियो । जसमा माल्दिभ्सका गोलकिपर डिफेन्डरले तीन पटकको प्रयासमा जोगाउन सफल भए ।
२५ औंँ मिनेटमा नेपालले फेरि अर्को गोलको अवसर पाएको थियो । तर नेपालका ब्रिजेस चौधरीको प्रयासमा माल्दिभ्सका गोलकीपर हसन अलिफ बाधक बने । ३४ औंँ मिनेटमा माल्दिभ्सले अर्को गोलको अवसरलाई खेर फाल्यो । उसका हसन नजिमको प्रहार पोष्टको नजिकैबाट बाहिरियाे । ३७ औंँ मिनेटमा नेपालको लङ रेन्जको प्रहारले पनि सही दिशा लिन सकेन ।
४१ औंँ मिनेटमा नेपालका मनिस डाँगीको प्रहारलाई माल्दिभ्सका गोलकिपर हसनले बचाए । पहिलो हाफको अन्तिममा नेपालले दुई वटा अरु आक्रमण गरे पनि गोल गर्न असफल रहे ।
४९ औंँ मिनेटमा माल्दिभ्सले अर्को एउटा प्रहार गरेको थियो । डी-बक्स बाहिरबाट गरेको प्रहार पोष्टमा पर्न सकेन । ५२ औंँ मिनेटमा नेपालका ब्रिजेश चौधरीको प्रहार पोष्टको माथिबाट गयो । त्यसको काउन्टरमा माल्दिभ्सको प्रहारलाई नेपालका गोलकिपरले उत्कष्ट बचाउ गरे ।
५५ औंँ मिनेटमा नेपालले डी-बक्समा राम्रो मौका पाए पनि तीन जना खेलाडीले त्यसलाई गाेलमा परिणत गर्न सकेनन् । त्यसको लगत्तै नेपालका नविन गुरुङको प्रहारलाई माल्दिभ्सका डिफेन्डरले बचाए ।
५८ औंँ मिनेटमा नेपालका ब्रिजेश चौधरीको हेडरको प्रयास पोष्टको नजिकैबाट बाहिरियो । ६२ औंँ मिनेटमा नेपालका कप्तान जय गुरुङको प्रहारलाई माल्दिभ्सका गोलकीपर हसन अलिफले उत्कृष्ट बचाउ गरे । उनले डी-बक्स बाहिरबाट गरेकाे प्रहारलाई बचाएका हुन् ।
त्यसपछि पाएको कर्नर बलमा पनि नेपाल चुक्न पुग्यो । मनिस थापाले डी-बक्स नजिकैबाट गरेको प्रहार पनि रोकियो । ६६ औंँ मिनेटमा फेरि नेपालले अर्को मौका पाएको थियो । डी-बक्स भित्रबाट मनिष डाँगीले प्रहार गरेको सजिलो बललाई माल्दिभ्सका गोलकिपरले बचाए ।
६७ औंँ मिनेटमा नेपालको अर्को मौकालाई माल्दिभ्सले हुलमुलमा बचायो । ७० औंँ मिनेटमा नेपालले निकै उत्कृष्ट मौका गुमाउन पुग्यो । नितिन थापाको प्रहार बारमा लागेर फर्कियो, त्यसपछि फेरि अर्को अवसरमा ब्रिजेश चौधरी चुक्न पुगे ।
तर ७४ औंँ मिनेटमा नेपालले गोल फर्काउन सफल भयो । बारम्बारको प्रयासपछि नेपालका लागि मनिस डाँगीले हेडर गोल गरे । नेपाली उमेर समूहमा गरेको उनको यो पहिलो गोल हो ।
त्यसपछि पनि नेपालले पाएको अरु तीन वटा मौकामा गोल थप्न नसकेपछि नतिजा बराबरीमा राेकिएकाे हाे । अब नेपालले समूहको दोस्रो खेलमा भुटानसँग खेल्नेछ । नेपालका लागि सेमिफाइनलमा पुग्न त्याे खेल जित्नैपर्ने हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।