चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई 'डिजिटल' तालिम

 मंसिर ११, २०८१ मंगलबार १५:२४:१० | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ । त्यही नीतिलाई कार्यान्वयन गर्न नगरपालिकाले पहिलो पटक हिजोदेखि डिजिटल तालिम शुरुआत गरेको छ ।

नगरपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा पहिलो पटक सञ्चालित तालिममा झन्डै ९० दिन सहभागीले आफू अनुकूल दैनिक तीन घण्टा सूचना प्रविधिका विभिन्न ११ आयामका बारेमा ज्ञान हासिल गर्नेछन् ।

'स्किल ल्याब' को सहयोगमा सञ्चालित तालिममा नगरका १५ वटै वडाका ५० जना युवा सहभागी छन् । तालिमपछि यही संस्थाले तालिमका सहभागीलाई रोजगारीका लागि विदेशी संस्थासँग समन्वय गरिदिने छ । सीप र रोजगारीलाई जोड्ने यो तालिमपछि सहभागीले स्वदेशमै बसेर सूचना प्रविधिसम्बन्धी काम गर्न सक्नेछन् ।

तालिमको शुभारम्भ गर्दै चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले नगरपालिकाको सेवालाई क्रमशः प्रविधिमैत्री बनाउँदै लैजाने नीति नगरपालिकाको रहेको जानकारी दिनुभयो । स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न नगरपालिकाले युवा केन्द्रित कार्यक्रम, प्रशिक्षण तथा तालिम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया