नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
इंग्ल्याण्डले तीव्र गतिका बलर जोफ्रा आर्चरलाई अनुबन्ध गरेको छ । विश्वकप र एसेज श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका आर्चरलाई सीमित ओभर र टेस्ट क्रिकेटका लागि इंग्ल्याण्डले केन्द्रीय अनुबन्धन गरेको हो ।
बार्बाडोसमा जन्मिएका आर्चर गएको वर्षमात्रै इंग्ल्याण्ड टिममा परेका थिए । कागजी प्रक्रिया पूरा भएपछि टिममा आबद्ध भएका आर्चर विश्वकपको अन्तिम समयमा छनोट भएका थिए । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका आर्चरले एसेजमा पनि उत्कृष्ट प्रदर्शन गर्दै २२ विकेट हात पारे । आर्चरसँगै इंग्ल्याण्डले रोरी बन्सलाई पनि अनुबन्ध गरेको छ । उता मोइन अली र आदिल रशिदको भने टेस्टको सम्झौता रद्द गरेको छ ।
यस्तै स्पिन अलराउण्डर जो डेनलीसँग भने एकदिवसीय क्रिकेटका लागि सम्झौता भएको जनाइएको छ । उनका साथै जेसन रोय, ओएन मोगर्न र मार्क वुडसँग पनि एकदिवसीय क्रिकेटका लागि सम्झौता गरिसकेको छ ।
जेम्स एन्डरसन, स्टअर्ट ब्रोड र साम करनसँग टेस्ट क्रिकेटको मात्रै सम्झौता छ । टेस्ट क्रिकेट सम्झौता नुसार एक जना खेलाडीले वार्षिक ६ लाख पाउण्ड पाउँछन् भने एकदिवसीयमा अनुबन्धन भएका खेलाडीले २.७५ लाख पाउण्ड पाउने गर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।