नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - साफ यू–१८ फुटबल च्याम्पियनशिप अन्तर्गत समूह चरणको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३-० ले पराजित गरेको छ ।
सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा बंगलादेशको जितमा मोहम्मद फाहिमले दुई गोल गरे । खेलको पहिलो मिनेटमा नै यासिन अराफातले गोल गर्दै बंगलादेश टिमलाई अग्रता दिलाए । उनले कर्नरबाट आएको बललाई हेडमार्फत पोस्टको दिशा देखाए ।
खेलको सुरुवातमा नै बंगलादेशले अग्रता बनाउँदा श्रीलंकाले भने खासै राम्रो अवसर सिर्जना गर्न सकेन । पहिलो हाफमा १ गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा पनि श्रीलंकालाई दबाब राख्दै ७६ औंँ मिनेटमा दोस्रो गोल गर्याे । उसका लागि मोहम्मद फैजल अहमेद फाहिमले गोल गर्न सफल भए ।
त्यसपछि ८६ औंँ मिनेटमा बंगलादेशले तेस्रो गोल थप्यो । उसका लागि मोहम्मद फैजल अहमेद फाहिमले नै गोल गरे । श्रीलंकाका तीन जना खेलाडीलाई छलाउँदै उनले गोल गरेका थिए ।
त्यसपछि खेलको अन्तिममा बंगलादेशले अर्को गोलको अवसर पाउँदा त्यो पनि सफल हुन सकेन । जितसँगै बंगलादेशले सेमिफाइनलको यात्रा लगभग पक्का गरेको छ ।
यो समूहमा बंगलादेश र श्रीलंकासँगै भारत रहेको छ । समूहका शीर्ष दुई टिमले सेमिफानलमा स्थान बनाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।