साफ यू १८ च्याम्पियनसिप : भुटानविरुद्ध नेपाल, नेपालको लक्ष्य सेमिफाइनल

 असोज ५, २०७६ आइतबार ७:०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

राजधानीमा जारी साफ यू–१८ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल हलचोक मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुने छ । 

पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी गर्दै प्रतियोगिताको सुरुवाात गरेको डिफेन्डिङ च्याम्पियन नेपालले भुटानविरुद्ध सहज जितका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा हुने छ । तर, भुटान भने नेपालमाथि अप्रत्यासित नतिजा निकाल्दै नेपाललाई स्तब्ध बनाउने दाउमा हुने छ ।

दोस्रो संस्करणको समूह चरणमा भुटानले नेपालमाथि १–० ले पराजित गरेकाले भुटानसँग सजग भएर खेल्नुपर्ने नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठ बताउछन् । पहिलो खेल खेल्न लागेको भुटान यदि आइतबार बराबरीमा रोकिएमा सेमिफाइनल पुग्ने होड सबैका लागि खुला हुने छ ।

सन् २०१५ देखि आयोजना हुँदै आएको साफ यू–१८ फुटबलमा दुवै संस्करणको उपाधि नेपालले जितेको छ भने तेस्रो पटक उपाधि जित्ने अभियानमा रहेको नेपाललाई भुटानविरुद्ध सहज जित आवश्यक पर्ने छ ।

पहिलो पटक नेपालमै आयोजना भएको यू १८ साफ च्याम्पियनसिपको उपाधि नेपाललै नै जितेको थियो भने भुटानमा भएको दोस्रो संस्करणको उपाधि पनि नेपालले जितेको थियो । नेपालले सन् २०१७ मा भएको दोस्रो संस्करणमा पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएको थियो ।

त्यतिबेला ८७ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दैै भुटानले नेपालमाथि १–० को जित निकालेको थियो । प्रतियोगितामा सहभागि पाँच टिम भएकाले राउण्ड रोविन लिगका आधारमा शीर्ष स्थानमा रहने टिमले उपाधि जितेको थियो । जसमा बाँकी खेल जित्दै नेपालले ९ अंकका साथ उपाधि जित्दा दोस्रो भएको भारतको पनि ९ अंक नै रहे पनि गोल अन्तरका आधारमा उप विजेता बनेको थियो ।

माल्दिभ्सविरुद्ध नेपालले गरेका गल्तिहरुबाट पाठ सिक्दै अघि बढ्ने नेपाली टिमका प्रशिक्षक श्रेष्ठले बताए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया