रियल मड्रिडको कठिन जित

 असोज ६, २०७६ सोमबार ६:५७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा रियल मड्रिडले सेभियालाई १–० ले हराएको छ । च्याम्पियन्स लिगमा पीएसजीसँग ३–० ले हारेपछि पहिलो पटक मैदानमा उत्रिएको रियलले सेभियामाथि कठिन जित हात पार्‍यो ।

सेभियाको मैदानमा भएको खेलमा रियलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । त्यसो त उसले मौकाहरुको सिर्जना गरे पनि गोल भने गर्न सकेन । दोस्रो हाफमा भने रियलले खेलमा अग्रता बनायो ।

उसका लागि करिम बेन्जिमाले गोल गरे । कारभाजेलको पासको सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

त्यसपछि सेभिया खेलमा फर्कन सकेन र रियलले तीन अंक जोड्यो । यो जितले रियलले शीर्ष स्थानको एथ्लेटिक क्लबसँग अंक बराबरी गरेको छ । दुवैको पाँच खेलमा ११ अंक भएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया