एनसेल पीआरबीटी सेवा : अब आफ्नै धुन बनाएर बोनस ब्यालेन्स र पुरस्कार जित्न सकिने

 असोज ६, २०७६ सोमबार ७:९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पीआरबीटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आह्वान गर्न सक्नेछन् । साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ताआकर्षक पुरस्कार जित्न सक्नेछन् । 

एनसेल प्रा.लि.ले आफ्ना प्रिपेड ग्राहकका लागि लोकप्रिय सेवा ‘पीआरबीटी आफ्नै धुन’को  नयाँ भर्सन ल्याएको हो । यस भर्सन अन्तर्गत अब ग्राहकले आफ्नै धुन बनाउन, त्यसलाई सामाजिक सञ्जालहरुमा प्रचार गर्न, धुनको प्रत्येक एक्टिभेसनमा बोनस ब्यालेन्स प्राप्त गर्न र प्रत्येक हप्ता नगद पुरस्कार जित्न सक्छन् ।

यो योजना सोमबारदेखि सञ्चालनमा आएको छ । प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद २० हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नेछ । विजेताहरुको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक हुनेछ ।

धुनबनाउने ग्राहकले धुनको पहिलो एक्टिभेसन अर्थात धुन सुचारुवापत तीन रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । त्यसपश्चात् प्रत्येक १० एक्टिभेसनका हिसाबले ३० रुपैयाँ बोनस पाउनेछन् । यसरी प्राप्त हुने बोनस ३० दिनका लागि मान्य हुनेछ र यसबाट एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ । 

प्रिपेड ग्राहकले यस योजनामा भाग लिनकालागि पहिला १७११७ डायल गरी पीआरबीटी आफ्नै धुनसेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात् बढीमा २९ सेकेण्डको आफ्नो धुन रेकर्ड गर्नु पर्दछ । यस पीआरबीटी सेवाका लागि प्रत्येक महिनाको शुल्क १० रुपैयाँ (करसहित १२.७७ रुपैयाँ) रहेको छ । 

यस योजनामा भाग लिएर आफ्नै धुन रेकर्ड गर्ने प्रत्येक ग्राहकहरुले आफ्नो धुनको आइडेन्टिटी कोड र एउटा लिङ्क एसएमएसमा प्राप्त गर्नेछन् । लिङ्कलाई सजिलै कपि गरी फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा राखी प्रचार गर्दै अरुलाई आफ्नो धुन पीआरबीटीका रुपमा प्रयोगका लागि अह्वान गर्न सकिन्छ । 

यो योजना लागु भएको मितिबाट १२ हप्ता सम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया