भारतमाथि दक्षिण अफ्रिकाको शानदार जित

 असोज ६, २०७६ सोमबार ७:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तेस्रो तथा अन्तिम टी २० खेलमा दक्षिण अफ्रिकाले भारतमाथि शानदार जित निकालेको छ ।

आइतबार भएको तेस्रो तथा अन्तिम टी २० मा दक्षिण अफ्रिका ९ विकेटले विजयी भएपछि सिरिज बराबरीमा टुंगिएको हो । पहिलो टी २० वर्षाका कारण रद्द भएको थियो भने दोस्रो टी–२० भारतले जितेको थियो ।

बेंग्लोरमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

भारतका लागि शिखर धवनले सर्वाधिक ३६ रन बनाउँदा ऋषभ पन्त र रवीन्द्र जडेजाले समान १९–१९ रनको योगदान गरे । दक्षिण अफ्रिकाका कागिसो राबडाले ३ विकेट लिएका थिए । 

१ सय ३५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ बल बाँकी हुँदा नै मात्र १ विकेट गुमाएर पूरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा क्वीन्टन डी ककले सर्वाधिक ७९ रनमा नट आउट रहे । उनको यो टी २० मा सर्वाधिक रन पनि हो । ५२ बल खेलेका डी ककले ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

रिजा हेन्ड्रिक २८ रनमा आउट हुँदा टेम्बा बभुमा २७ रनमा नट आउट रहेका थिए । दक्षिण अफ्रिकाले गुमाएको एक मात्र विकेट हार्दिक पाण्ड्याको नाममा रह्यो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया