एएफसी यू १६ छनोट : अन्तिम खेलमा श्रीलंका पराजित, नेपालको सान्त्वना जित

 असोज ६, २०७६ सोमबार ७:४५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपालले जितका साथ प्रतियोगिता समाप्त गरेको छ । चार खेलमा २ हार एक जित र एक बराबरी खेलको नेपालले चार अंकका साथ समूहमा चौथो स्थानमा रहदै प्रतियोगिता समाप्त गर्‍यो । 

जोर्डनमा भएको खेलमा नेपालले समूहको अन्तिम खेलमा श्रीलंकालाई तीन–शून्यले हरायो । खेलको ३६ औं मिनेटमा मोहित गुरुङले नेपालका लागि पहिलो गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले ६४ औं मिनेटमा दोस्रो गोल थप्यो । 

यसपटक नेपालका लागि अनिल चौलागाईंले गोल गर्न सफल भए । यसअघिको खेलमा चार जना खेलाडी परिवर्तन गरेको नेपालले ८९ औं मिनेटमा तेस्रो गोल थप्यो । नेपालका लागि जान ताम्लीले गोल गरे । उनले कर्नरबाट आएको बललाई हेडबाट पोष्टको दिशा देखाए । 

नेपालले समूह ए को पहिलो खेलमा जोर्डनसँग सात शून्यको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा कुवेतसँग एक–एक गोलको बराबरी खेलको थियो । यस्तै, तेस्रो खेलमा नेपाल ताजिकिस्तानसँग सात शून्यले नै पराजित भएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया