चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले हुने संक्रमण पिसाब संक्रमण हो । पिसाब संक्रमण यौनअंगको सरसफाइ नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुने गर्छ ।
अहिले महिलामा यो समस्या धेरै देखिने गरेको छ । महिलामा नै किन धेरै पिसाबको संक्रमण हुन्छ ? संक्रमणबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ भनेर साथी विना न्यौपानेले मेडीसिटी अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर विनय राजभण्डारीसँग कुराकानी गर्नु भएको छ ।
महिलामा हुने पिसाबको संक्रमणलाई कसरी बुझ्ने ?
सामान्य भाषामा भन्दा पिसाबमा किटाणु हुनु भन्ने बुझिन्छ । पिसाबमा इन्फेक्सन पुरुषको तुलनामा महिलामा धेरै हुन्छ । किनभने पिसाबको नली (युरेथ्रा)महिलामा छोटो हुन्छ । पुरुषमा त्यसको लम्बाई १८ सेन्टिमिटर हुन्छ भने महिलामा जम्मा चार सेन्टिमिटर हुन्छ ।
पिसाब थैली र पिसाब बाहिर आउने नलीको ग्याप थोरै हुनाले इन्फेकसन हुने सम्भावना धेरै हुन्छ । अर्काे भनेको पिसाब फेर्ने जुन ठाउँ छ र योनीको बाहिरी भागसँगै रहने हुनेले योनीको इन्फेक्सन र पिसाबको इन्फेक्सन एउटाले अर्काेलाई गराउने हुन्छ । त्यसले गर्दा पनि महिलामा पिसाबको इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ ।
अविवाहितमा भन्दा विवाहितमा धेरै हुन्छ भनिन्छ, यो कसरी हुन्छ ?
हाम्रो अनुभव तथा विभिन्न अनुसन्धानले पनि त्यही देखाएको छ । महिनावारी हुने समयमा ब्लडसँगै किटाणु आउने हुने पनि हुन्छ । त्यस्तै धेरै समयसम्म पिसाब रोकेर राख्दा पनि इनफेक्सन हुने सम्भावना हुन्छ । राम्रो बाथरुमको प्रयोग गरिएन, पिसाब फेरेपछि राम्रोसँग सफा गरिएन भने पनि महिलामा इन्फेक्सन धेरै हुन सक्छ । विवाहित महिला यौन रिलेसनमा हुने भएकाले इन्फेक्सन आउने सम्भावना धेरै हुन्छ ।
कस्तो लक्षण देखा पर्यो भने इन्फेक्सन भयो भने थाहा पाउन सकिन्छ ?
एउटा लक्षण देखाउने हुन्छ भने अर्को नदेखाउने हुन्छ । लक्षण यस्तो हुन्छ :
तल्लो पेट दुख्ने भन्नु भयो । यो जति बेला नि दुख्ने हो कि के हो ?
पिसाब फेर्न लागेको बेलामा कटक्क पेट दुख्ने हुन्छ । कसै कसैलाई पिसाब फेर्नु भन्दा अगाडि पनि धेरै दुख्ने हुन्छ । कसैलाई पिसाब फेरेपछि दुख्ने पनि हुन्छ । यदि धेरै नै इन्फेक्सन भएको छ भने दुखिराख्ने पनि हुनसक्छ ।
इन्फेक्सन एक व्यक्तिबाट अर्काेमा सर्छ कि सर्दैन ?
अरु रोग जस्तो सर्ने रोग त होइन । तर सफा पानी प्रयोग गरिएन भने्, त्यो पानी इनफेक्सन भएको व्यक्तिले प्रयोग गरेको छ भने, बाथरुम सफा भएन भने माध्यम बन्न सक्छ र सर्छ ।
समयमा नै उपचार गरिएन भने कस्तो असर गर्छ ?
कस्ता व्यक्ति यसको धेरै जोखिममा पर्ने सम्भावना हुन्छ ?
यस्तोखालको समस्या नहोस् भनेर कसरी बच्न सकिन्छ ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।