‘प्लाष्टिकको चामल र अण्डा बजारमा रहेको कुरा हल्ला मात्रै’

 असोज ८, २०७६ बुधबार ७:०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बजारमा प्लाष्टिकको चामल र नक्कली अण्डा रहेको भन्ने हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको छ । 

केही समय यता बजारमा प्लाष्टिकको चामल र पिठोमा प्लाष्टिक मिसिएको र प्लाष्टिककै अण्डा पाइएको भन्ने हल्लाको पछि नलाग्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको छ । 

विभागले सूचना निकालेर अण्डा, चामल र पिठोको परीक्षण गर्दा बजारमा हल्ला चलेजस्तो केही पनि मिसावट नभटिएको भन्दै तथ्यहीन हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको हो ।

अन्तिम अपडेट: कात्तिक ९, २०७६

तपाईको प्रतिक्रिया