सुन चाँदीकाे भाउ घट्याे

 असोज १२, २०७६ आइतबार १६:२:१० | रासस
unn.prixa.net

काठमाण्डौ – लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आइतबार भने ओरालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।  

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आइतबार भने प्रतितोला ६९ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँले घटेको हो । 

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । यस्तै चाँदी पनि शुक्रबारको तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया