बंगलादेशलाई २-१ ले हराउँदै भारत साफ यू-१८ च्याम्पियनशिपकाे विजेता

 असोज १२, २०७६ आइतबार १६:४४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । 

आइतबार सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा भारतले बंगलादेशलाई २-१ ले पराजित गरेको हो । 

खेल सुरु भएको दोस्रो मिनेटमा नै भारतका विक्रम पर्तापले पहिलो गोल गर्दै भारतलाई अग्रता दिलाए । तर भारतको त्यो अग्रतालाई ४० औँ मिनेटमा बंगलादेशका यसिनले गोल गर्दै बराबरीमा पुर्‍याए । 

पहिलो हाफमा दुवै टिमले १-१ गोल गर्दा बंगलादेशका खेलाडीले दुई वटा रेड कार्ड र भारतका एक जना खेलाडीले एउटा रेड कार्ड पाए । दोस्रो हाफको ९१ औँ मिनेटमा भारतका रवि बहादुर रानाले टिमका लागि निर्णायक गोल गरे । बंगलादेशले गोल फर्काउन नसक्दा भारत विजेता बन्यो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया