मलाई आक्रमण गर्न हतियार र बियरका बोत्तल लिएर आएका थिए: कांग्रेस नेता रिजाल

 असोज १२, २०७६ आइतबार १९:५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालमाथि आइतबार आक्रमणको प्रयास भएको छ । 

तनहुँको सदरमुकामबाट रिजाल रिसिङ गाउँपालिका जाने बाटोमा ७/८ ठाउँमा रुख ढालेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले ढुंगामुढा गरेको उहाँले उज्यालोलाई जानकारी दिनुभयो ।

गाउँपालिको वडा नम्बर ८ मा नेता रिजाललाई नेकपाका कार्यकर्ताले रुख ढालेर तीन घण्टासम्म बाटो छेकेका थिए । उहाँले भन्नुभयो,‘नेकपाका कार्यकर्ताले मेरो बाटो छेक्न ७/८ ठाउँमा रुख ढालेर हतियार र बियरका बोत्तल लिएर आएका थिए ।’

केही ठाउँमा आफूमाथि ढुंगामुढाको प्रयास पनि भएको नेता रिजालले बताउनुभयो । नेकपाका कार्यकर्ताहरुले ‘भवन निर्माणमा हाम्रो विरोध छ’ भन्दै बाटो अवरोध गरेर आक्रमणको प्रयास गरेको उहाँको भनाइ छ ।

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटन कांग्रेसका नेता रिजालबाट गराउने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णयका विषयमा प्रहरी प्रशासनलाई पनि जानकारी रहेको प्रहरीले जनाएको छ । 

भवन उद्घाटन गरेर फर्किएपछि नेता रिजालले लोकतन्त्र र संविधानमा कसैबाट खतरा छ भने वर्तमान सरकारबाट रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले यस्ता गतिविधि तत्काल बन्द नगरे लोकतन्त्र जोगाउन सरकार विरोधी आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया