नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
श्रीलंकाविरुद्धको एक दिवशीय सिरिजको दोस्रो खेलमा पाकिस्तान विजयी भएको छ । एक दशकपछि पहिलो पटक अन्तर्राष्ट्रिय टिमसँग घरेलु मैदानमा सिरिज खेल्न पाएको पाकिस्तानले पाहुना टोली श्रीलंकालाई ६७ रनले पराजित गर्यो ।
जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । यसअघि पहिलो खेल भारी वर्षका कारण रद्द भएको थियो ।
पाकिस्तानले दिएको ३०६ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४६.५ ओभरमा २३८ रनमा अलआउट भयो । २८ रनमा पाँच विकेट गुमाएको श्रीलंकाका लागि शेहान जयसुरिया र दासुन शेनाकाले छैटौं विकेटका लागि उत्कृष्ट साझेदारी गरे । उनीहरुले १७७ रनको पार्टनरसिप गरेका थिए । ब्यक्तिगततर्फ जयसुरियाले ९६ रन बनाए भने शनाकाले ६८ रन जोडे ।
अन्य खेलाडीको प्रदर्शन खराब रह्यो ।
श्रीलंकालाई हराउनका लागि पाकिस्तानका उश्मान सिनवारीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए ।
कराँचीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा सात विकेट गुमाउँदै ३०५ रन बनायो । उसका लागि बाबर अजामले सतकीय पारी खेले । उनले १०५ बलमा ११५ रनको योगदान दिए । यस्तै फखर जमानले ५४ रन जोडे भने हरिस सोहिलले ४०, इफ्तिकर अहमेदले ३२, इमाम उल हकले ३१ बनाए ।
दुई टिमबीचको तेस्रो खेल बुधबार हुनेछ । त्यसपछि तीनवटा टि–२० सिरिज खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।