यस्ताे छ विश्वकप छनाेटमा अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली फुटबल टाेली

 असोज १४, २०७६ मंगलबार १४:६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - एन्फा

काठमाण्डाै - फिफा विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली टिमको घोषणा भएको छ । जसमा यसपटक चाइनिज ताइपेईविरुद्ध खेलेकाे टाेलीमा २ खेलाडी परिवर्तन गरिएको छ ।

अखिल नेपाल फुटबल संघले मंगलबार सार्वजनिक गरेको खेलाडीको सूचीमा यसअघि घाइते भएका नवयुग श्रेष्ठ र अजित भण्डारी टिममा फर्किएका छन् । नेपाली टिम यस्तै रहेको छ ।

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द

स्ट्राइकर : विमल घर्ती मगर, अभिशेक रिजाल, नवयुग श्रेष्ठ

यसपटक पनि टिममा पूर्व कप्तान विराज महर्जनलाई स्थान दिइएन । नवयुग श्रेष्ठ ताइपेईविरुद्धको खेलमा स्वास्थ्यका कारण आराम गरेका थिए । अष्ट्रेलिया जानका लागि स्ट्राइकर विमल घर्ती मगर नेपाल फर्किसकेका छन् भने रोहितले इन्डोनेसियाबाट नै सिड्नी प्रस्थान गर्ने बताइएको छ ।

नेपाली टिम बुधबार अष्ट्रेलिया प्रस्थान गर्नेछ ।नेपालको कप्तानी किरण चेम्जोङले नै गर्नेछन । नेपालले अक्टोबर १० तारिखमा अष्ट्रेलिया विरुद्ध क्यानबेरामा खेल्नेछ । त्यसको ५ दिनपछि नेपाली टिमले जोर्डनसँग  उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया