दक्षिण अफ्रिकाविरुद्धकाे पहिलाे टेस्ट: भारतीय टाेलीमा ऋषभ पन्त अटाएनन्, ऋद्धिमन साहा खेल्ने

 असोज १४, २०७६ मंगलबार १४:५३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतले बुधबारदेखि टेस्ट च्याम्पियनशिप अन्तरगतको दोस्रो सिरिज खेल्दै छ । वेस्टइण्डिजविरुद्ध सिरिज जित्दै शीर्ष स्थानमा रहेको भारतले बुधबारदेखि घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेस्ट खेल्न लागेको हो ।

दक्षिण अफ्रिकाविरुद्धको सिरिजका लागि भारतीय टिममा परिवर्तन गरिएको छ । विश्वकपपछि महेन्द्रसिंह धोनीको विकल्पको रुपमा हेरिएका ऋषभ पन्तले राम्रो प्रदर्शन गर्न नसकेपछि उनलाई दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा बाहिर राखिएको छ । भारतीय टिमका कप्तान विराट कोहलीले ऋषभ पन्त प्लेयिङ सेटमा नभएको पुष्टि गरेका छन् । पन्तको ठाउँमा ऋद्धिमन साहाले खेल्ने छन् ।

वेस्टइण्डिज सिरिजमा २ पटक गोल्डेन डक आउट हुँदा पनि प्रशिक्षक रवि शास्त्रीले पन्तमाथि आशा कायमै राखेका थिए । २१ वर्षीय पन्तले दक्षिण अफ्रिकाविरुद्धको टी-२० मा पनि उत्कृष्ट प्रदर्शन गर्न नसकेपछि उनलाई टेस्ट टिमबाट बाहिर राखिएको हो । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया