त्रिकाेणात्मक सिरिज: जिम्बाब्वेविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

 असोज १४, २०७६ मंगलबार १७:१७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

त्रिकाेणात्मक सिरिज अन्तर्गत जिम्बाब्वेविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

नेपाली टिममा आज एक जना खेलाडी परिवर्तन गरिएको छ । यसअघि ओपनिङमा आएका इशान पाण्डेको ठाउँमा पवन शर्राफलाई खेलाइएको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बाब्वेसँग ५ विकेटको हार ब्यहोरेको थियो । टी–२० मा जिम्बाब्वेविरुद्ध ऐतिहासिक जितको नजिक पुगेर पनि नेपाली टिम चुक्न पुगेको थियो ।

जिम्बाब्वेका मुख्य तीन खेलाडी टिममा नरहेका बेला नेपाललाई त्यो अवसर पनि रहेकाे छ । जिम्बाब्वे आफ्नो दोस्रो खेलमा सिंगापुरसँग पराजित भएकाे थियाे । नेपालभन्दा अनुभवी टिम भए पनि पछिल्लो पटक जिम्बाब्वे क्रिकेट खस्कँदो अवस्थामा छ । अहिले जिम्बाब्वे क्रिकेट बाेर्ड आईसीसीको प्रतिबन्धमा छ ।

अघिल्लाे नेपालले सिंंगापुलाई नौ विकेटले हराएको थियो भने सिंगापुरले जिम्बाब्वेलाई चार विकेटले पराजित गरेकाे थियो ।

दुवै खेलमा नेपाली टिमले खेलाडी परिवर्तन गरेको थियो । सिंंगापुरविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका पारस खड्काको प्रदर्शन सधैँ झैँ आज पनि महत्वपूर्ण हुनेछ ।

जिम्बाब्वे नेपाल विरुद्ध जितको यात्रालाई कायम राख्न चाहन्छ भने सिंगापुरविरुद्ध ब्यहोरेको अप्रत्यासित हारको बदला पनि लिने मनसायमा छ । यदि आज नेपालले जिम्बावेलाई हराएमा अर्को ऐतिहासिक जित हुनेछ ।

यसैबीच जिम्बाब्वेकाे पहिलाे विकेट पतन भएकाे छ । पहिलाे ओभरकाे चाैथाे बलमा सन्दीप लामिछानेले जिम्बाब्वेका ओपनर ब्रायन चरीलाई एलबीडब्लू आउट गरेका हुन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया