युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व वरीयताकाे ३९औँ स्थानमा

 असोज १४, २०७६ मंगलबार १८:२२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व ब्याडमिन्टन महासंघमा नेपाली युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहालको वरीयतामा उल्लेख्य प्रगति भएकाे छ । नयाँ वरीयतामा प्रिन्स ५४ औंँ बाट ३९ औंँ स्थानमा उक्लेका छन् ।

बीडब्लूएफले निकालेको नयाँ वरीयतामा प्रिन्सले छलाङ मारेसँगै उनले सहभागिता जनाउने विश्वव्यापी प्रतियोगिताको पनि ढोका खुलेको छ । प्रिन्सले अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा तेस्रो स्थान हासिल गरेका थिए । यसका आधारमा पनि उनको वरीयताले फड्को मारेको हो । उनी सिनियर अन्तराष्ट्रिय ब्याटमिन्टन प्रतियोगिताको एकल विधाको सेमिफाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेका थिए । 

केही साता अघि मात्र दुबई ओपन प्रतियोगिताको यू–१९ विधामा स्वर्ण जितेका प्रिन्स आसन्न सागको छनोटमा प्रतिस्पर्धामा छन् । 
प्रिन्सको यो सफलताले अब उनलाई सिनियर ब्याडमिन्टन प्रतियोगिताको छनोट खेल्नुनपर्ने भएको छ । अब प्रिन्सका लागि कुनैपनि प्रतियोगिता खेल्ने अवसर हुनेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया