नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले जिम्बाब्वेबाट १६१ रनको लक्ष्य पाएको छ ।
सिंगापुरको इन्डियन एसोसियशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनायो ।
नेपालले पहिलो ओभरमा नै विकेट लिन सफल भयो । नेपालका लागि सन्दीप लामिछानेले जिम्बावेको खाता नखुल्दै विकेट लिन सफल भए । जिम्बाब्वेका ओपनर ब्रायन चारी खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि ३० रनमा नेपालले दोस्रो सफलता हात पार्यो ।
सोमपाल कामीले रेगिस चाकवालाई मात्र ६ रनमा आउट गरे । त्यसको लगत्तै नेपालले तेस्रो विकेट लियो । सन्दीपले जिम्बाब्वेको स्कोर ३८ रन हुँदा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो विकेट लिन सफल भए ।
जिम्बाब्वेका पिटर मूर १४ रनमा आउट भए । चौथो विकेटका लागि कप्तान सिन विलियम्स र टिनोटेन्डा मुताेमबाेजीबीच ६० रनको साझेदारी भएको थियो । जसमा टिनोटेन्डालाई सोमपाल कामीले २० रनमा आउट गरे । सोमपालको यो व्यक्तिगत दोस्रो विकेट हो ।
त्यसपछि जिम्बाम्ब्वेका कप्तान सिनलाई पारस खड्काले ५३ रनमा आउट गरेपछि नेपालले पाँचौ सफलता हात पार्याे । ।
जिम्बाब्वेका लागि रिचमन्ड मुटुम्बामीले १७ रन बनाए भने र्यान बर्लले २८ रनकाे याेगदान गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।