नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले यो सिजनमा आफ्नो अपराजित खेलको यात्रा आठ पुर्याएको छ । शनिबार भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २-१ ले हराउँदै जारी लिगमा शतप्रतिशत जितको यात्रा कायमै राखेको छ ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा साडीयो माने र जेम्स मिल्नरले एक एक गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ४० औं मिनेटमा जेम्स मिल्नेरको पासमा मानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पूरै खेलमा ६० प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले लेस्टरको पोस्टमा आधा दर्जन प्रहार गरेको थियो । तर उसका तीन ओटा प्रहार पोष्ट नजिकैबाट बाहिरिए भने तीन ओटा प्रहारलाई गोलकिपरले रोके ।
खेलको ८० औं मिनेटमा जेम्स माडिसनले लेस्टरका लागि गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । तर अन्तिममा जेम्स मिल्नरले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई शतप्रतिशत नतिजा दिलाए ।
यो जितले लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दुरी आठ अंकमा पुर्याएको छ भने हारसँगै लेस्टरलाई दोस्रो स्थानमा उक्लने मौका गुमेको छ ।
शनिबार नै भएको अर्को खेलमा एस्टोन भिल्लाले नर्विच सिटीलाई ५-१ ले हरायो । त्यस्तै एभर्टन बर्नलेसँग १-० ले पराजित भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।