काठमाण्डौ उपत्यकामा चहलपहल घट्यो, झण्डै २४ लाख मानिस बाहिरिए

 असोज १९, २०७६ आइतबार ७:५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – दशैँ मनाउन सर्वसाधारणहरु घर गएसँगै काठमाण्डौ उपत्यकामा चहलपहल घटेको छ । काठमाण्डौका सडकमा गुड्ने गाडीहरु पनि पातलिएका छन् । 

सीमित भाडाका र निजी गाडी तथा मोटरसाइकल मात्रै सडकमा गुडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले दिएको तथ्याङ्कअनुसार शनिबार सबैभन्दा धेरै तीन लाख ४५ हजार मानिस काठमाण्डौबाट बाहिरिएका छन् । त्यस्तै ५४ हजार आठ सय गाडी पनि बाहिरिएका छन् । 

अहिलेसम्म दशैँ मान्नका लागि झण्डै २४ लाख मानिस बाहिरिएका छन् । यस्तै गएको वर्षभन्दा यो वर्ष शान्ति सुरक्षा प्रभावकारी भएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले दाबी गर्नुभएको छ । 

उहाँका अनुसार दशैँको अवसरमा शान्ति सुरक्षाका लागि देशभरि आठ हजार पाँच सय स्थानमा ४३ हजार प्रहरी परिचालन गरिएको छ । 

प्रहरीले निगरानी बढाउँदा बढाउँदै पनि गाडीले तोकेकोभन्दा दोब्बर बढीसम्म भाडा असुल्ने गरेको पाइएको भन्दै उहाँले तीन सय ५० गाडीलाई कारबाही गरिएको बताउनुभयो । 

त्यस्तै नागढुंगा काेटेश्वर लगायतका सडककाे जाम पनि हटेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया