नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट भारतले दुई सय तीन रनले जितेको छ ।
विशाखापट्नममा तीन सय ९५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका एक सय ९१ रनमा अल आउट भयाे । भारतले पहिलो पारीमा पाँच सय दुई रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो पारीमा चार सय ३१ रन बनाएको थियो । ७१ रनको अग्रता बनाएको भारतले दोस्रो पारीमा ३२३ रन बनाएर पारी समाप्तिको घोषणा गरेपछि दक्षिण अफ्रिकाले ३९५ रनको लक्ष्य पाएको थियो ।
चौथो दिनको खेल सकिँदा ११ रनमा १ विकेट गुमाएको दक्षिण अफ्रिकाले बाँकी विकेट अन्तिम तथा पाँचौँ दिनमा गुमाउन पुग्यो ।
दक्षिण अफ्रिकाका डेन पाइटले ५६ रन बनाउँदा सेनुरन मुथुसामीले ४९ रन बनाए । एडेन मरकरमले ३९ रन बनाउँदा कागिसो राबडाले १८ रन जोड्नु बाहेक अरुको प्रदर्शन सम्झनलायक भएन ।
भारतका मोहम्मद शामीले ५ तथा रविन्द्र जडेजाले ४ विकेट लिँदा रविचन्द्रन आश्विनले एक विकेट हात पारे । जितसँगै भारतले तीन खेलकाे टेस्ट श्रृङ्खलामा १-० काे अग्रता बनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।