इंग्लिस प्रिमियर लिगमा चेल्सी र आर्सनल विजयी: ला लिगामा बार्सिलाेना दोस्रो स्थानमा उक्लियाे

 असोज २०, २०७६ सोमबार ६:४४:४५ | उज्यालो सहकर्मी

इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र म्यान्चेष्टर युनाइटेड पराजित भएका छन् । आइतबार राति भएको खेलमा सिटी ओल्भ्ससँग २–० र म्यान्चेष्टर युनाइटेड न्यू क्यासलसँग १–० गोलले पराजित भएका हुन् । सिटीको यो दोस्रो हार हो । 

प्रिमियर लिगमै चेल्सी र आर्सनल भने विजयी भएका छन् । चेल्सीले साउथह्याम्पटनलाई ४–१ गोलले हराउँदा आर्सनलले बर्नमाउथमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको हो । चेल्सीलाई जिताउन अब्राहम, मोउन्ट, कान्छे र बात्सुइले गोल गरे । आर्सनलका लागि डेभिड लुइजले गरेको एउटै गोल निर्णायक बन्यो । 

उता, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । आइताबार राति भएको खेलमा सेभियालाई ४–० गोलले हराउदै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

बार्सिलोनालाई जिताउन लुइस स्वारेज, आर्टुरो भिडाल, ओस्मान डेम्बेले र लियोनल मेस्सीले गोल गरे । जितसँगै ८ खेलबाट दोस्रो अंक जोडेको बार्सिलोना १६ अंकका साथ दोस्रो स्थानमा उक्लिँदा समान खेलबाट १८ अंक जोडेको रियल शीर्ष स्थानमा छ ।

हार ब्यहोरेको सेभिया छैटौँ स्थानमा धकेलिएको छ । ला लिगाकै अरु खेलमा मालोर्का ले एस्पान्याेललाई २–०, सेल्टा डि भिगोले एथ्लेटिको बिल्बाओलाई १–०, गेटाफेले रियल सोसिडाडलाई २–१ गोलले हराउँदा रियल भालाडोलिड र एट्लेटिको मड्रिडले गोलरहित बराबरी खेलेका छन । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया