नलगाडकाे न्यायिक समितिले दियाे बालकहरुलाई न्याय

 असोज २०, २०७६ सोमबार ९:३७:४ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट - नलगाड नगरपालिकाको न्यायिक समितिकाे फैसलाबाट पालन पोषणकाे समस्यामा परेका दुई नाबालकले न्याय पाएका छन् ।

नलगाड नगरपालिका-५, सिर्केकी बिमला सिंह र नलगाड नगरपालिका-७ का सुनिल सिंहबीच जिल्ला अदालत जाजरकोटमा सम्बन्ध बिच्छेद भएपछि उनीहरुका ७ वर्षीय छोरा मानव सिंह र ४ वर्षीय छोरा विज्ञान सिंहको पालन पोषणमा समस्या देखिएको थियो  ।

कानुन अनुसार आमा-बावुबीच सम्बन्ध विच्छेद भएपछि मानव र विज्ञान आमा बिमला सिंहसँग बस्दै आएका थिए । आमा बिमलाले उनीहरुको पालन पोषण  एक्लै गर्न नसक्ने भएपछि छोराहरुको पालन पोषणका लागि नलगाड नगरपालिकाको न्यायिक समितिमा सुनिल सिहविरुद्ध उजुरी गर्नुभएको थियो ।

न्यायिक समितिका संयोजक, नलगाड नगरपालिकाका नगर उप प्रमुख बालकुमारी  बस्नेत, सदस्यहरु राममाया हमाल र शेर बहादुर नाथको संयुक्त फैसलाले आवश्यक छानबिन गरी फैसला गरेको थियो ।

न्यायिक समितिको संयुक्त फैसलाले मानव र विज्ञानकाे पालन पोषणका लागि बुवा सुनिल सिहले  मासिक ५ हजार रुपैयाँ आमासग रहँदासम्म दिने, उनीहरु बिरामी भएर आकस्मिक खर्च गर्नुपर्ने अवस्था आए बुवा सुनिलले ६० प्रतिशत, आमा बिमलाले ४० प्रतिशत रकम खर्च गर्नु पर्ने फैसला गरेको हो ।

निर्णय कार्यन्यन भए नभएको अनुगमण गर्नको लागी तत्काल नगरपालिकाले नगर प्रहरीको व्यवस्था गर्न अधिकारकर्मीहरुले आग्रह गरेका छन् ।

नलगाड नगरपालिकाको न्यायिक समितिमा ३६ वटा उजुरी दर्ता भएको न्यायिक समितिका कर्मचारी किरण थापाले बताउनु भयो । उहाँका अनुसार न्यायिक समितिमा दर्ता भएका ३६ वटा उजुरीमध्ये १९ वटाकाे फैसला भएकाे र बाँकी ११ वटा छलफलमा जान बाँकी छन् ।

न्यायिक समितिले सामान्य छलफलबाट १० वटा, कानुुनी प्रक्रियाबाट ९ वटा उजुरी फैसला भइसकेको बताउँदै बाँकी ६ वटा उजुरीहरु छलफल, मिलापत्र तथा फैसलाको लागी पेशीमा रहेका छन् ।

इजलास र कानुनी प्रक्रियाले साक्षीको बयानको आधारमा फैसला गर्ने  जाजरकोटका न्यायिक समितिहरुमा नलगाड नगरपालिकाको समिति  जिल्लाकै पहिलो न्यायिक समिति बनेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया