सन्दीप लामिछानेले लिए चार विकेट

 असोज २०, २०७६ सोमबार ११:३१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

पाँच देश सम्मिलित टी-२० क्रिकेट श्रृङ्खलाकाे दाेस्राे खेलमा सन्दीप लामिछानेले व्यक्तिगत चार विकेट लिएका छन् ।

उनले ४ ओभरकाे स्पेलमा २० रन खर्चेर महत्वपूर्ण चार विकेट हात पारेका हुन् ।

टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेदरल्याण्ड्सका टाेबियास भिसीलाई सन्दीप लामिछानेले आफ्नाे पहिलाे बलमै बाेल्ड गरेका हुन् । दाेस्राे ओभरमा बलिङ गर्न आएका लामिछानेले ओपनर भिसीलाई व्यक्तिगत ४ रनकाे अवस्थामा आउट गरेका हुन् ।

दाेस्राे विकेटका रुपमा ओ'दाउदलाई १५औँ ओभरकाे दाेस्राे बलमा पेभेलियन फर्काएका हुन् । 

तेस्राे र चाैथाे विकेट उनले १८ औँ ओभरमा लिएका हुन् । १८ औँ ओभरकाे दाेस्राे बलमा भ्यान डर मर्वे र चाैथाे बलमा स्नेटरलाई आउट गरेका हुन् । 

उनकाे पहिलाे विकेट बाेल्डका रुपमा आएकाे थियाे भने बाँकी तीन विकेट क्याचका रुपमा आएका थिए ।

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया