टी-२० सिरिज: आयरल्याण्डले दियाे हङकङलाई २०९ रनकाे विशाल विजय लक्ष्य

 असोज २०, २०७६ सोमबार १७:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

ओमानमा जारी पाँच देश सम्मिलित टी-२० सिरिजकाे साेमबारकाे दाेस्राे खेलमा आयरल्याण्डले हङकङलाई २०९ रनकाे विशाल लक्ष्य दिएकाे छ ।

टस जितेर ब्याटिङ राेजेकाे आयरल्याण्डले २० ओभरमा पाँच विकेट गुमाउँदै २०८ रनकाे विशाल याेगफल तयार पारेकाे थियाे । आयरल्याण्डका लागि केभिन ओ ब्राइनले ६२ बलमा १२४ रनकाे शतकीय याे‍गदान दिए । त्यस्तै पल स्टर्लिङले ३६ रन बनाए ।

बलिङतर्फ हङकङका एहशान खानले तीन तथा काइल क्रिस्टीले दुई विकेट लिए ।

अहिलेसम्म दुई खेल खेलेकाे आयरल्याण्डले एउटामा जित र एउटामा हारसहित दुई अंकका साथ तालिकाकाे तेस्राे  स्थानमा छ । त्यसैगरी अहिलेसम्मका दुवै हारेर अंकविहीन रहेकाे हङकङ तालिकाकाे पुछारमा छ ।

 अहिलेसम्म खेलेका दुवै खेल जितेर ४ अंकसहित ओमान पहिलाे तथा समान खेलबाट समान ४ अंक बटुलेकाे नेपाल तालिकाकाे दाेस्राे स्थानमा छन् ।

आइतबार नेपालले हङकङलाई ४ विकेटले पराजित गरेकाे थियाे भने आउने बुधबार आयरल्याण्डसँग खेल्नेछ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया