नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
पाँच देशको सहभागिता रहेको टी-२० क्रिकेट सिरिजमा नेपालका करन केसीले लगातार दुई बलमा आयरल्याण्डका दुई खेलाडीलाई रन आउट गरेका छन् ।
१५औँ ओभरकाे दाेस्राे र तेस्राे बलमा आयरल्याण्डका एमआर अदायर र पल स्टर्लिङलाई रन आउट गरेका हुन् । यससँगै आयरल्याण्डकाे छैटाैँ विकेट गुमेकाे छ ।
यसअघि १५औँ ओभरकाे पाँचाै बलमा अविनाश बाेहराले आयरल्याण्डका कप्तान ग्यारी विल्सनलाई चाैथाे विकेटका रुपमा एलबीडब्ल्यू तथा १२औँ ओभरकाे तेस्राे बलमा ललित राजवंशीले आयरल्याण्डका एण्डी बालबर्निलाई र १२औँ ओभरकै चाैथाे बलमा दिपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए ।
यसअघि टस हारेर पहिले बलिङ गरिरहेको नेपालका लागि सन्दीप लामिछानेले खेलकाे दाेस्राे ओभरकाे चाैथाे बलमा पहिलाे विकेटका रुपमा केभिन ओ'ब्राइनलाई क्याच आउट गराएका थिए ।
ओमान क्रिकेट संघको क्रिकेट मैदानमा जारी खेलमा नेपालको टिममा दुई जना खेलाडी परिवर्तन गरेको छ । जसमा सन्दिप जोरा र इशान पाण्डे टिममा आएका छन् भने रोहित पौडेल र पवन सर्राफलाई आराम दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।