सल्यानबाट विप्लव समूहका नगर इन्चार्ज हतियारसहित पक्राउ

 असोज २३, २०७६ बिहिबार १९:२:४१ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक जना नगर इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

सल्यानको पश्चिम क्षेत्रमा पर्ने बनगाड कुपिण्डे नगरपालिकाका नगर इन्चार्ज ५५ वर्षीय कालुराम वादीलाई प्रहरीले  पक्राउ गरेको हो । वादीलाई घरमै बनाइएको कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत इन्स्पेक्टर उमाकान्त जोशीले जानकारी दिनुभयाे ।

वादीलाई कर्णाली प्रदेश विशेष ब्युराेले बुधबार राति १० बजे पक्राउ गरेको थियो ।

बनगाड कुपिण्डे नगरपालिका-४ऽ च्युरा शितलनेटाबाट वादीलाई पक्राउ गरी बुधबार इलाका प्रहरी कार्यलय सल्लिबजार ल्याएर बिहीबार मात्र जिल्ला प्रहरी कार्यालय सल्यान ल्याइएको हो । सरकारले नेकपा विप्लव पार्टीलाई प्रतिबन्ध लगाएसँगै वादी भूमिगत रहेको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया