दुई ओटा टी-२० सिरिज खेलेर नेपाली टिम स्वदेश फिर्ता

 असोज २४, २०७६ शुक्रबार ११:४६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुई ओटा टी-२० सिरिज खेल्न गएको नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । 

सिंगापुर र ओमानमा भएका सिरिज खेलेर शुक्रबार बिहान स्वदेश फिर्ता भएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गर्नुभएको थियो ।   

सिंगापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बाब्वेसँग दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरमाथि एक खेलमा जित हात पारेको थियो । त्यस्तै नेपाल र सिंगापुरबीचको एउटा खेल वर्षाका कारण रद्द भएको थियो ।   

सिंगापुरबाट ओमान गएको नेपाली टिमले त्यहाँ पाँच देश सहभागी अर्को सिरिज पनि खेलेको थियो । नेपालले नेदरल्याण्ड्स र हङकङलाई पराजित गर्दा आयरल्याण्ड र ओमानसँग पराजित हुँदा नेपाल तेस्रो भएको थियो ।

नेपाली टिममा युवा खेलाडीको वर्चस्व रहेकाले यो सिरिजलाई अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ को रुपमा लिइएको थियो । नेपालमा मंसिरमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रुपमा पनि यो प्रतियोगितालाई लिइएको छ ।

यस प्रतियोगितामा करण केसीले आफूलाई नेपाली टिमको संकट मोचकको रुपमा प्रस्तुत गर्दा कप्तान पारस खड्काको शतक पनि अन्तर्राष्ट्रिय रेकर्डको रुपमा दर्ता भएको छ । त्यसैगरी सन्दीप लामिछाने, विनोद भण्डारीको प्रदर्शन पनि उत्कृष्ट रहेको थियो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया