नयाँ टी-२० वरीयता: नेपालका तीन खेलाडी पहिलो पटक समावेश

 असोज २४, २०७६ शुक्रबार १५:२३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सार्वजनिक गरेको टी-२० वरीयतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन् । 

राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो पटक आईसीसीको टी-२० क्रिकेटको नयाँ वरीयतामा समावेश भएका हुन् ।

वरीयताको बलिङतर्फ ६४औँ स्थानमा रहेका सन्दीप नेपाली बलरहरुमा शीर्ष स्थानमा छन् । उनले ४२२ रेटिङ अङ्क पाएका छन् । यस्तै ३७७ रेटिङ अङ्क पाएका करण ८३औँ स्थानमा छन् भने ३५२ रेटिङ अङ्क पाएका अविनाश १००औँ स्थानमा छन् ।

त्यस्तै बलिङतर्फ सोमपाल ४०८ रेटिङ अङ्कसहित ६८औँ स्थानमा छन् । ३८६ रेटिङ अङ्क पाएका वसन्त ९०औँ स्थानमा झरेका छन् । टी ट्वान्टीको अलराउन्डर वरीयतातर्फ कप्तान पारस २४औँ स्थानमा उक्लिएका छन् ।

कप्तान खड्काले १०८ रेटिङ अङ्क पाएका छन् । अलराउन्डरतर्फ ५९ रेटिङ अङ्क पाएका नेपालका सोमपाल कामी ६२औँ स्थानमा यथावत् रहेका छन् । अलराउन्डतर्फ करण ४२ रेटिङ अङ्कसहित ८२औँ स्थानमा छन् ।

ब्याटिङतर्फ कप्तान खड्काले ठूलो फड्को मारेका छन् । कप्तान पारस ४५औँ स्थानमा उक्लिएका छन् । ४६६ रेटिङ अङ्क पाएका कप्तान पारस अघिल्लो पटक ६६औँ स्थानमा रहेका थिए ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया