भारत-दक्षिण अफ्रिका टेस्ट : पहिलाे पारीमा भारतलाई तीन सय २६ रनकाे अग्रता

 असोज २५, २०७६ शनिबार १८:१०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले मध्यम प्रदर्शन गरेको छ । ६ सय १ रनमा पहिलो पारी समाप्त गरेको भारतले दक्षिण अफ्रिकालाई दुई सय ७५ रनमा समेटेको छ ।

पहिलो पारीमा भारतले तीन सय २६ रनको अग्रता बनाएको छ । दक्षिण अफ्रिकाका केशव महाराजले करियरको पहिलो अर्धशतक बनाउँदा ७२ रन जोडे । उनी रविचन्द्रन आश्विनको बलमा आउट भएका थिए । 

कम रनमा नै समेटिन लागेको अफ्रिकाका लागि नवौं विकेटका रुपमा भरनन फिलान्डर र केशव महाराजले एक सय ९ रनको साझेदारी गरेका थिए । र्दै उकास्ने प्रयास गरेका थिए । फिलान्डरले अविजित ४४ रन बनाए । भारतका लागि रविचन्द्र आश्विनले सर्वाधिक ४ विकेट लिए । उमेश यादवले ३ विकेट लिए ।

अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले ६४ रन बनाए । उनले टेस्ट करियरमा २१ औं अर्धशतक बनाए । मोहम्मद शामीले २ तथा रविन्द्र जडेजाले एक विकेट लिए ।

भारतविरुद्ध १० औं नम्बरमा ब्याटिङ गर्दै ५० भन्दा बढी रन बनाउने महाराज पाँचौँ खेलाडी बनेका छन् ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया