विश्वकप छनाेट : नेपाल र जाेर्डनबीचकाे खेल आज

 असोज २८, २०७६ मंगलबार ८:१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप छनोटको दोस्रो चरणको अन्तिम अवे खेलमा नेपालले मंगलबार बलियो प्रतिद्धन्द्धी जोर्डनसँग खेल्दैछ । जोर्डनको अमान अन्तराष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार मंगलबार राति पौने नौ बजेबाट सुरु हुनेछ । अष्ट्रेलियासँगको खेलपछि साेझै जोर्डन पुगेको नेपाली टिमले घरेलु टिमलाई बराबरीमा रोक्न सकेमा पनि ठूलो उपलब्धि हुनेछ ।

अष्ट्रेलियाविरुद्ध नेपालले पाँच शून्यको हार ब्यहोरेको थियो । जारी प्रतियोगितामा जोर्डनले अहिलेसम्म २ खेल खेलेका छ । जसमा एक खेल बराबरी खेलेको छ भने एकमा जित निकालेको छ । उसले चाइनिज ताइपेइलाई हराउँदा कुवेतसँग बराबरी खेलेको थियो ।

यता नेपालले तीन खेलमा एक जित र २ हार ब्यहोरेको छ । पहिलो खेलमा कुवेतसँग सात शून्यको भारी अन्तरले हारेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । तेस्रो खेलमा अष्ट्रेलियासँग हारेको थियो ।

अष्ट्रेलियाविरुद्ध सोचेकोभन्दा राम्रो खेल खेलेको नेपालले जोर्डनविरुद्ध बलियो मनोबलका साथ मैदानमा उत्रनेछ । यी २ टिम यसअघि विश्वकप छनोट अन्तर्गत नै २०११ मा खेलेका थिए ।

जसमा पहिलो खेलमा नेपालले जोर्डनसँग ९–० को हार ब्यहोरे पनि घरेलु मैदानमा एक–एकको बराबरी खेलेको थियो । त्यसपछि नेपाल र जोर्डन पहिलो पटक खेल्न लागेका हुन् । फिफा वरीयतामा ९८ औं स्थानमा रहेको जोर्डन र एक सय ६१ औं स्थानमा रहेको नेपालबीचको भिडन्त यसपटक रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया