फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
पर्वत – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पुनः नियन्त्रणमा लिएको छ ।
प्रहरीले जिल्ला अदालत पर्वतको आदेशमा जनही ५ हजार धरौटीमा छुटेका नेकपा कास्की जिल्ला सेक्रेटरी रोल्पा गंगादेव गाउँपालिका २ का ४१ वर्षीय जंगबहादुर भण्डारी, नेकपा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भोजपुर जिल्ला भोजपुर नगरपालिका १२ का २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष गोरखा सुलिकोट गाउँपालिका ६ का २७ वर्षीय काजी गुरुङ र बागलुङ ढोरपाटन नगरपालिका ६ का नेकपा समर्थक ३१ वर्षीय महेन्द्र भण्डारीलाई कात्तिक १ गते अदालत परिसरबाटै पुनः नियन्त्रणमा लिएको हो ।
प्रहरी हिरासतमा रहेका चारै जना नेकपाका कार्यकर्तालाई पर्वत जिल्ला अदालतले असोज २८ गते जनही ५ हजार धरौटी बुझाउने गरी रिहा गर्ने आदेश दिएको थियो । आदेशअनुरुप रकम बुझाउन नसकेपछि उनीहरु कारागार चलान भएका थिए । कात्तिक १ गते धरौटी बुझाउन अदालत गएको समयमा धरौटी बुझाइसकेपछि प्रहरीले पुनः पक्राउ गरेको हो ।
उनीहरुलाई राज्यविरुद्धको कसुर गरेको आरोप लगाउँदै जेठ २५ गते अन्नपूर्ण गाउँपालिका–११, उरी स्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठक बसिरहरेको बेला नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाएको थियो ।
नियन्त्रणमा रहेका चारै जना प्रतिबन्धित नेकपाका कार्यकर्ताहरुले बिन पक्राउ पुर्जी कानुनी राज्यको उपहास गरी आफूहरुलाई पटक पटक नियन्त्रणमा लिएको भन्दै विरोध गरेका थिए । अदालत परिसरमा नै पत्रकार सम्मेलन गरी उनीहरुले राज्यले गैरकानुनी रुपमा आफूहरुलाई पटक पटक गिरफ्तार गर्ने गरेको कास्की जिल्ला सेक्रेटरी भण्डारीले आरोप लगाए ।
चारै जनालाई जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।