पाल्पामा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको ज्यान गयाे, ७ घाइते

 कात्तिक १, २०७६ शुक्रबार २०:३९:३० | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पामा शुक्रबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको  ज्यान गएको छ भने  ७ जना घाइते भएका छन् ।

अर्गली बजार नजिक शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको र ८ जना घाइते भएका हुन् । दुर्घटनामा ठूलोलुम्पेक गुल्मीका ३९ वर्षीय हिम बहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

गुल्मी बाट बुटवलका लागि छुटेको लु १ ख ९२०२ नम्बरको ट्रक अर्गलीबजार नजिक दुर्घटना हुँदा घाइते भएका ७ जनाको तानसेनमा रहेकाे युनाइटेड मिशन अस्पतालमा उपचार भैरहेको छ ।

अर्काे घटनामा  माटोको ढिस्कोले पुरिएर बगनासकाली गाँउपालिका-१, घोरबन्दाका ४५ वर्षीय हर्क बहादुर कुमालको ज्यान गएको छ । तानसेन-४, बिशालबजारका रोहित कुमार रामदासको घर निर्माण गर्ने क्रममा पिलरको जगमा गाह्रो लगाउँदै गर्दा माथिबाट एक्कासी माटोको ढिस्को झरेर पुरिएका कुमालको  ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएकाे छ ।

त्यस्तै रिब्दीकोट गाउँपालिका-१, ख्याहाकी ३५ वर्षीया कमला पहराईको पनि ज्यान गएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी कमलालाई उपचारका लागी तानसेन स्थित लुम्बिनी मेडिकल कलेज ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया