नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - वुमन्स च्याम्पिन्यस लिग क्रिकेटमा क्याट क्वीन्स काठमाण्डौले तेस्रो जित निकालेको छ । शनिबार काठमाण्डौले विराटनगरलाई ५३ रनले पराजित गरेको हो । विराटनगरको भने यो पहिलो हार हो ।
काठमाण्डाैले दिएको १४० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ५ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि लक्ष्मी चौधरीले सर्वाधिक ४० रन बनाउँदा डली भट्टले १३ रन बनाएकी थिइन् ।
बलिङतर्फ काठमाण्डौकी सुमन विष्टले २ विकेट तथा रुविना क्षेत्री र ईश्वरी विष्टले एक-एक विकेट लिए।
टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डौले निर्धारित ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो । काठमाण्डौका लागि रोमा थापाले अर्धशतक पूरा गर्दै जारी प्रतियोगितामा अर्धशतक बनाउने छैटौँ खेलाडी बनिन् ।
रोमाले शनिबार नट आउट ५३ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले नट आउट ३५ रनको योगदान गरिन् । यसैगरी रश्मी चौलागाईँले ३४ रन जोडेकी थिइन् ।
बलिङतर्फ विराटनगरकी डली भट्टले एक विकेट लिएकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।