कर्मचारीद्वारा कलैया उप–महानगरपालिकाको सेवा ठप्प

 कात्तिक ३, २०७६ आइतबार ९:०:५० | जयनारायण यादव
unn.prixa.net

बारा – कलैया उप–महानगरपालिकाका कर्मचारीले वडा नम्बर ४ का वडाध्यक्ष जटाशंकर सहनीमाथि कारबाहीको माग गर्दै कामकाज ठप्प पारेका छन् ।

उनीहरुले उप–महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत हरिनारायण बेल्वासेलाई आक्रमण र गालीगलौज गरेको भन्दै सहनीमाथि कारबाहीको माग गरी आइतबारदेखि उपमहानगरपालिकाको कार्यालयसँगै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालय समेत बन्द गरेका छन् ।

सबै संस्था बन्द हुँदा स्थानीय भने मर्कामा परेका छन् । गएको शुक्रबार वडाध्यक्ष सहनीले उप–महानगरपालिकाको योजना शाखामा वडा कार्यालयबाट आएको योजना किन हटाएको भन्दै आफूलाई गालीगलौज गर्नुको साथै ढोका भाँचेको र टेबल उठाएर आक्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत बेल्वासेले आरोप लगाउनुभएको छ ।

वडाध्यक्ष सहनीले भने आफूले वडाको योजना किन हटाएको भन्ने विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग सामान्य विवाद हुँदा टेबल ठोकाठोक मात्रै गरेको तर हातपात भने नगरेको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया