बालोन डी ओर अवार्डका लागि पहिलो चरणमा ३० जना खेलाडी छनोट, मोड्रिच सूचीमै परेनन्

 कात्तिक ५, २०७६ मंगलबार ७:१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

यो वर्षको बालोन डी ओर अवार्डका लागि पहिलो चरणमा ३० जना खेलाडी छनोट भएका छन् । जसमा गएको सिजनका विजेता लुका मोड्रिचले स्थान बनाउन सकेनन् ।

आयोजकले सार्वजनिक गरेको पहिलो चरण छनोटमा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो, भान डाइक, लियोनल मेस्सी, साडियो माने, मोहम्मद सलाह अघिल्लो सिजन जस्तो पहिलो चरणमा परेका छन् ।

साेमबार राति सार्वजनिक गरेको पहिलो चरणको सूचीमा सर्जियो गुइरो, बेर्नान्डो सिल्भा, पिएरी एमिरिक, रोबेर्टो फेरमिन्हो, एसिलोन, ट्रेन्ट एलेजान्देर आर्नोल्ड, हुगो लोरिस, रियाद महरेज रहेका छन् ।

यस्तै, केलियन एम्बाप्पे, रोबेर्ट लेवान्दोस्की, एन्टोनियो ग्रिजम्यान, इडेन हाजार्ड, करिम बेन्जिमा, रहिम स्टर्लिङ पनि पहिलो चरणमा स्थान बनाउन सफल भएका छन् ।

रोनाल्डो र मेस्सी दुवै छैटौँ पटक यो अवार्डको उपाधि उचाल्ने दाउमा रहेका छन् ।

पहिलाे चरणकाे छनाेटमा पीएसजीका स्टार खेलाडी नेयमारले स्थान बनाउन सकेनन् । छनाेटमा सबैभन्दा धेरै लिभरपुलका ७ जना खेलाडी परेका छन् । ५ खेलाडी सिटीका र ४ खेलाडी बार्सिलाेनाका छन् ।

सुरुवाती ३० खेलाडीको सूची

साडियो माने, भान डाइक, रोबेर्टो फरमिन्हो, ट्रेन्ट एलेजान्देर अर्नोल्ड, जिगगिन्हो विज्नाल्डम, माहम्मद सलाह, एलिसन (लिभरपुल)

सर्जियो अगुइरो, बर्नान्डो सिल्भा, केभिन डी ब्रुइन, रियाद महरेज, रहिम स्ट्रलिङ (म्यानचेस्टर सिटी)

फ्रेंकी डी जोङ, मार्क एन्द्रे तेर, लियोनल मेस्सी, एन्टोइन ग्रिजम्यान ( बार्सिलोना)

क्रिस्टियोनो रोनाल्डो, माटिज डी लिग्ट (युभेन्टस)

करिम बेन्जिमा, इडेन हाजार्ड (रियल मड्रिड)

जोओ फलिक्स (एट्लेटिको मड्रिड)

हुगो लोरिस, सन हुङ मिङ ( टोटनह्याम)

केलियन एम्बाप्पे, माक्विन्होस (पीएसजी)

डोनी भान डी बिक (आयाक्स)

कालिडोउ काउलीबाली (नापोली)

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया