सेफिल्ड युनाइटेडसँग आर्सनल पराजित

 कात्तिक ५, २०७६ मंगलबार ७:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडले आर्सनललाई एक शून्यले स्तब्ध पारेको छ । साेमबार राति भएको खेलमा आर्सनललाई हराउँदै सेफिल्ड अंक तालिकाको नवाैँ स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा सेफिल्डको जितमा लेस मोउसेटको एकमात्र गोल निर्णायक बन्यो । खेलको ३० औं मिनेटमा सेफिल्डका लागि मोउसेटले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसो त आर्सनलले तीन वटा उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन ।

उसका ७२ मिलियन पाउण्डमा अनुबन्ध भएका खेलाडी निकोलस पेपेले छ यार्डमा पाएको मौकालाई सदुपयो गर्न सकेनन् भने ग्रनीथ झाकाले पनि पाएको मौकालाई खेर फाले ।

प्रिमियर लिगमा बढुवा भएपछि सर्वाधिक ठूलो जित निकालेको सेफिल्डले रेलिगेसन जोनबाट चार अंकको दूरी बनाएको छ । यो हारले आर्सनललाई भने शीर्ष चार स्थानमा पुग्ने सुनौलो अवसर खेर गएको छ ।

पुरै खेलमा ६५ प्रतिशत बल पोसेसन बनाएको आर्सनलले पाएका मौकाको सदुपयोग गर्न नसक्दाल हार्नुपर्‍यो । यसअघि सेफिल्डले चेल्सीविरुद्ध पनि २ गोलले पछि परेको अवस्थामा बराबरी गरेको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया